
काठमाडौ,१८ मंसिर । काठमाडौ बुढानिलकण्ठ नगरपालिका ९ कपनस्थित रहेको मनकामना नर्सरी
फूलप्रेमीको लागि उत्कृष्ट गन्तव्य बनेको छ । आकर्षणको केन्द्रसमेत बनेको यो नर्सरीले एक परिवारको जीवनस्तर नर्सरी व्यवसायबाट राम्रैसंग उकासिएको छ ।

नुवाकोट ककनी गाउँपालिका चक्र मान लामा र वहाँको श्रीमती कल्पना गुरूङ लामाले बिगत १० बर्ष देखि सञ्चालनमा ल्याएका मनकामना नर्सरीले फूलसँगै फूलका बिरुवा र फलफूलका बिरुवाहरू उत्पादन र बिक्री गर्दै आएका छ ।


मनकामना नर्सरीमा रंगीचंगी फूल र हरिया बिरूवाको साथै नर्सरीमा विभिन्न फलफुल र फुलका विरुवा पाइने पाइन्छ । पार्टी प्यालेस, होटल रिसोर्ट, रेस्टुरेन्ट,उद्योग,स्कुल ,कलेज सरकारी कार्यलय परियोजना,पार्क तथा निजी निवासमा र बगैंचामा घर भित्र र घर बाहिर रोप्न सकिने विभिन्न फुलका विरुवा लगायतका मौसमअनुसार फरक फूल फुल्ने र कम खर्चमा धेरै बिरूवा पाइने संचालक लामाले बताए ।

हामी बिरूवाको जात र गुणस्तरमा ध्यान दिन्छौं,’ लामाले भने, ‘अधिकांश आफैंले उत्पादन गर्ने भएकाले कुनै कमजोरी हुँदैन। बिरूवाको गुणस्तरकै कारण निकै टाढाबाट पनि अर्डर आउँछ।’नर्सरीमा २५ रुपैया देखी ४ हजार रुपैया सम्मका विरुवा अहिले रहेको उनले बताए ।


फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि झण्डै हालसम्म करिब २ करोड भन्दाबढी लगानी भएको नर्सरीमा क्रमश लगानी थप्दै जाने योजना रहेको लामाको परिवारले यही नर्सरीबाट सबै खर्च धानेको छ। त्यस्तै ७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।


