तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रतिनिधि सभा क्षेत्रको १६५ मध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १८ गते, आईतवार १२:२३

काठमाडौं । प्रतिनिधि सभा क्षेत्रको १ सय ६५ मध्ये हालसम्म १ सय ६४ क्षेत्रको नतिजा आइसकेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणामको नतिजा आउने क्रम अन्तिम चरणमा छ ।

अहिलेसम्म नतिजा आएका १ सय ६४ क्षेत्रमध्ये नेपाली कांग्रेसले ५७ क्षेत्रमा जित हासिल गरेको छ । त्यसैगरी, नेकपा (एमाले)ले ४४ सिटमा जित हासिल गरेर दोस्रो स्थानमा रहेको छ । भर्खरै सम्पन्न भएको निर्वाचनमा १७ सिट प्राप्त गरेर नेकपा (माओवादी केन्द्र)ले तेस्रो स्थान सुरक्षित गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले १० क्षेत्रमा विजय प्राप्त गरी चौथौमा बस्न सफल भएको छ । त्यसैगरी, जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सात/सात क्षेत्रमा विजयी भएका छन् ।

त्यसैगरी, लोकतन्त्र समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा एक, नेमकिपा एक, जनमत पार्टी एक र पाँच स्वतन्त्र गरी हालसम्म १ सय ६४ जना उम्मेदवार निर्वाचित भएका छन् । दोलखामा भने मतगणना जारी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु