
बक्सिङ्ग संघको पूर्ण कार्य समितिको बैठक सम्पन्न
नेपाल बक्सिङ्ग संघको पुर्ण कार्यसमितिको बैठक गोदावरीको भृकटि भ्यू रिसोर्टमा आज मिति २०७९ मंसीर १८ गते सम्पन्न भएको छ ।
आजको बैठक संघका अध्यक्ष श्री राम अवालेको अध्यक्षता साथै नेपाल बक्सिङ्ग संघका संस्थापक अध्यक्ष तथा मानार्थ अध्यक्ष श्री बिष्णु गोपाल श्रेष्ठज्यूको विशेष आतिथ्यमा सम्पन्न भएको छ ।
लामो समयदेखि केहि विवाद देखिएका सम्स्याहरुलाई बैठकले समाधान गर्दै ऐक्यवद्धता जाहेर गरेको छ । जस अनुसार हालसम्म भए गरेका कामहरु बैठकबाट अनुमोदन भएको छ । कोषाध्यक्षलाई जिम्मेवारीमा पुनः सुम्पिएको छ ।
उक्त बैठकबाट नेपाल बक्सिङ्ग संघलाई विपक्षी बनाएर समितिकै केहि साथिहरुबाट परेका सम्पुर्ण मुद्दाहरु निसर्त फिर्ता गर्ने निर्णय आजको बैठकले गरेको छ । नेपाल बक्सिङ्ग संघका संस्थापक अध्यक्ष श्री विष्णु गोपाल श्रेष्ठज्यूको नेतृत्वमा एउटा सल्लाहकार समिति गठन गरी बक्सिङ्ग विकासमा टेवा पुरयाउने निर्णय आजको बैठकबाट पारित गरियो । उक्त बैठकमा पुर्ण कार्य समितिका २५ जनामध्ये २२ जनाको उपस्थिति रहेको थियो ।


