दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु विच कुर्सी दौड प्रतियोगिता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १८ गते, आईतवार १९:४३

१८ मंसिर २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले पनि व्यवहारिक ज्ञान र सीप सिकाउन सकियो भने विभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागी हुन सक्छन् । त्यसैले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको शारीरिक अभ्यास र मनोरञ्जनका लागि आज काठमाडौंको निर्मल बालविकास विद्यालय भिमसेन गोलामा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु विच कुर्सी दौड प्रतियोगिता गरियो ।
यही मंसिर २९ गते आइरहेको २८ औ काठमाडौं महनागर दिवसको अवसरमा काठमाडौं महानगरपालिका शिक्षा विभागले आयोजना गरेको सो प्रतियोगितामा निर्मल बालबिकास विद्यालयका ३४ जना र सुस्तःमनस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालयका २६ जना गरी ६० जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुले सो खेल प्रतियोगितामा सहभागीता जनाएका थिए ।
यसै क्रममा निर्मल बालविकास विद्यालय भिमसेनगोलाकी प्रधानाध्यापक ज्योती खनाल ÷भट्टराईले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि यस्ता खेलकुदहरु अति नै उपयोगी हुनेर आगामी दिनमा उनीहरुका लागि विस्तृत खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक रहेको बताउनु भयो ।साथै उहाँले काठमाडौं महानगरपालिका शिक्षा विभागले यो अवसर प्रदान गर्नु भएकोमा आयोजक समुहलाई धन्यवाद पनि दिनु भयो ।
त्यसै गरी सुस्तः मनस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालय सिनामंगलका प्रधानाध्यापक सोम बहादुर श्रेष्ठले बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुका लागि खेलकुद अति नै आवश्यक भएको भन्दै उनीहरुका लागि यस्तोअवसर प्रदान गर्नु भएकोमा काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रति कृतज्ञता व्यक्त गर्नु भयो ।

साथै उहाँले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुकालागि चित्रकाला, नृत्य, दौड लगायतका प्रतियोगीताहरुका साथै उनीहरुको अपाङ्गताको गम्भिरताको आधारमा उमेर समुहमा नै खेलकुद प्रतियोगीतको प्रतिस्पर्धा गराउन सकेमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको लागि खेलकुद प्रभावकारी हुने कुरामा जोड दिनु भयो ।
यसै खेल प्रतियोगिताको सन्दर्भमा निर्मल बालविकास विद्यालय लगायत अन्य विद्यालयकी स्रोत व्यक्ति डा. शर्मिला पोखरेलले काठमाडौं महानगरको २८ औं दिवसको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरुमा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको उल्लेखनिय सहभागीता होस र खेलकुद मार्फत यस्ता प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको विषयमा जनचेतना जागोस भनेर पनि यो कुर्सी दौड प्रतियोगीता गरिएको बताउनु भयो । यसै क्रममा उहाँले अहिले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका लागि कुसी दौड प्रतियोगीताको खेलको सुरुवात गरिएको भएता पनि आगामी दिनहरुमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुका अभिभावक तथा उनीहरुका शिक्षक शिक्षिकाहरुसँग छलफल र सल्लाह गरेर उनीहरुको रुचि अनुसार कुन खेल खेल्न सक्छन् भन्ने कुराको पहिचान गरी अन्य खेलकुद प्रतियोगीताहरुको आयोजना गरिने बताउनु भयो ।
त्यसै गरी आयोजक संस्था काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी मोतीप्रसाद भट्टराईले यस महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिका भित्र रहेका सबै विद्यालयहरुका विद्यार्थीहरुका लागि विभिन्न प्रतियोगीताहरुको आयोजना गरिएको र अपाङ्गता भएका विद्यार्थीहरु तर्फ बौद्धिक अपाङ्गताका २ वटा र बहिरा अपाङ्गता तर्फ नक्सालमा रहेको बहिरा विद्यालयलाई समावेश गरिएको बताउनु भयो । साथै उहाँले बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुका लागि यस्ता खेलकुद प्रतियोगीताहरुले उनीहरुको अन्तरनिहित प्रतिभाको विकास हुने भन्दै आगामी दिनहरुमा यस्ता अपाङ्गता भएका व्यक्तिहरुका लागि थप खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्ने पनि बताउनु भयो ।
सो कुर्सी दौड प्रतियोगीतामा निर्मल बालविकास विद्यालय भिमसेनगोलाका विद्यार्थी धर्म थापाले प्रथम र राजन महर्जनले दितिय स्थान हासिल गर्नु भयो भने सुस्तःमनस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालयल सिनामंगलका विद्यार्थी सुजन लिम्बुले तृतिय स्थान हासिल गर्न सफल हुनु भयो । विजेता खेलाडीहरुलाई यही मंसिर २९ गते महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु