तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ सम्बन्धी निःशुल्क तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १९ गते, सोमबार १५:५७

काठमाडौँ, १९ मंसिर । काठमाडौँको लाजिम्पाटमा अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ सम्बन्धि निःशुल्क तालिम सुरु भएको छ ।

ट्राभल एजेन्सी, एयरलाइन्स र होटलमा प्रयोग गर्दै आएको सफ्टवेयर प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय संस्था सेवर ट्राभल नेटवर्क नेपालको आयोजनामा आइतबारदेखि एकमहिने अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ सम्बन्धि निःशुल्क तालिम सुरु भएको हो ।

पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगारी प्रदान गर्ने मुख्य उदेश्यअनुसार एकमहिने तालिम सुरु गरिएको सेवर ट्राभल नेटवर्क नेपालका महाप्रबन्धक अनुपा बुढाथोकीले जानकारी दिनुभयो । “प्लस टु पढेर कामको खोजीमा रहेका युवालाई निःशुल्क तालिम प्रदान गरेर सम्बन्धित क्षेत्रमा रोजगारी प्रदान गर्न तालिम सञ्चालन गरेका हौँ,”– उहाँले भन्नुभयो ।

उक्त तालिममा स्वदेशी तथा विदेशी एयरलाइन्समा टिकट काट्न सिकाईन्छ । महाप्रबन्धक बुढाथोकीका अनुसार हरेक महिना १० देखि १५ जनालाई निःशुल्क तालिम प्रदान गरी विभिन्न ट्राभल एजेन्सीसँग सहकार्य गरी रोजगारी प्रदान गरिनेछ ।

नेपालमा दुई दशक पहिले स्थापना भएको सेवर ट्राभल नेटवर्क नेपालले हाल नेपालको एक हजार ५०० भन्दा बढी ट्राभल एजेन्सी, एयरलाइन्स तथा होटलमा सफ्टवेयर प्रदान गर्दै आएको छ । सेवर नेटवर्क नेपालसहित विश्वका १६० भन्दा बढी मुलुकमा फैलिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु