तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मंसिर २२ गतेदेखि १४औं मानव अधिकार राष्ट्रिय महाभेला हुने, महाभेलाको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १९ गते, सोमबार १७:२०

काठमाडौं, १९ मंसिर । नेपालमा पनि विभिन्न कार्यक्रम गरी ७४औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने मूल नाराका साथ १४औं मानव अधिकार राष्ट्रिय महाभेला २०७९ आगामी मंसिर २२ देखी २८ गते सम्म मनाइने जानकारी दिइएको हो ।

राजधानीको यल्लो पगौडा होटलमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन ११ बजे उपराष्ट्रपति नन्द किशोर पुनले गर्ने छन् । महाभेला कार्यक्रमको संयोजन पौरखी नेपाल र सहसंयोजन नेपाल पुनस्र्थापकीय न्याय मञ्चले गर्ने भएको छ । उक्त महाभेलाका अवसरमा विविध कार्यक्रम हुने जनाईएको छ।

मानव अधिकारको संरक्षण, सम्वद्र्धन र विकास गर्न, लोकतन्त्र र सामाजिक न्यायलाई संस्थागत गर्दै विधीको शासन स्थापित गर्न तथा राज्यलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउनु यस महाभेला आयोजना गर्नुको मुख्य लक्ष्य हो ।

१४औं मानवअधिकार महाभेलाका संयोजक मञ्जु गुरुङले विधीको शासन, मानव अधिकार, लोकतन्त्र र नागरिकको मानवअधिकारको प्रत्याभूती गराउन संघसंगठन र सरकारी तथा गैरसरकारी निकायको भूमिकालाई खबरदारी गर्न र सहयोग गर्नु अहिलेको आवश्यकता रहेको बताइन् ।

गुरुङले मानवअधिकार महाभेलाको मंसिर २२ गते उद्घाटन र मंसिर २८ गते नेपाल पर्यटन बोर्डको हलमा मानव अधिकार आयोगका अध्यक्षको अध्यक्षतामा समापन गर्ने बताइन् ।

यसबीचमा राष्ट्रिय मानव अधिकार आयोगको दिउँसो हुने कार्यक्रममा सहभागी हुने र बिहानको समयमा मानव अधिकार महाभेलाले प्रभातफेरी कार्यक्रम गर्ने जानकारी दिइन् । प्रभातफेरी भृकुटीमण्डपमा सुरु गरेर रत्नपार्कमा समापन गरिने उनको भनाइ छ ।

उनले एक साताब्यापी कार्यक्रममा १२ तारिखमा ‘रन फर राइट्स’ को कार्यक्रम को आयोजना गरिने भन्दै सो कार्यक्रम माइतीघरबाट सुरु गरेर बसन्तपुरमा समापन गरिने सुनाइन् ।

मुल आयोजक समितिले राष्ट्रियस्तरमा सम्पन्न हुन गईरहेको मानवअधिकार राष्ट्रिय महाभेला २०७९ भव्य रुपमा सम्पन्न गर्न सम्पुर्ण नेपालीहरुको उपस्थितीका लागि अनुरोध गरेको छ ।

नेपालमा मानव अधिकार, शान्ति, लोकतन्त्र, सुसाशन र दिगो विकासका पक्षमा क्रियाशील नागरिक संघ संस्था, मानव अधिकारकर्मी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त पहलमा, सन २००९ देखी प्रत्येक वर्ष मानव अधिकार राष्ट्रिय महाभेला कार्यक्रम आयोजना हुँदै आएको छ ।

दशौं मानअधिकार महाभेलाका संयोजक नरेन्द्र खतिवडाले देशमा शान्ति प्रक्रिया नसकिदै संस्थाको नेपालमा स्थापना गरेको बताए । यो महाभेलाले नेतृत्व मात्र नभएर समाजमा पछि पारिएको मुद्दाहरुलाई समेत सम्बोधन गर्ने उनको भनाइ छ । उनले भने,‘अपांग,दलित, जनजातिसँग सम्बन्धित मुद्दाहरुलाई पनि उठान गर्नेछ ।’ युवाहरुलाई पनि नेतृत्वमा ल्याउन मानवअधिकारको महाभेलाले महत्वपुर्ण भुमिका खेल्ने उनले स्पट पारे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु