दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टोप्स बास्केटबल शुक्रबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २१ गते, बुधबार ६:२९

काठमाडौ । टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा टोप्स अन्तरविद्यालय बास्केबटल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १७ छात्र टिमको सहभागिता रहने टोप्सका अध्यक्ष आरसी भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्रतियोगिता संयोजक समेत रहेका टोप्सका सचिव भरतमणि पोखरेलले जानकारी गराए ।
समूह ‘ए’ लर्निङ जोन, ह्वाइट हेभेन, लालीगुराँस र लिटिल ब्लोसम तथा समूह ‘बी’ महर्षी, इडिफाइ, इमेज र गण्डकी रहेका छन् । तेजस्वि, सुप्रिम, बेल्मोन्ट र निम्बल समूह ‘सी’ तथा ल्यान्डमार्क, शुभकामना, नवोदित, स्वेता सदन र संस्कृति समूह ‘डि’ मा छन् । तीनदिने प्रतियोगिताका खेलहरु मैपीस्थित गण्डकी पब्लिक बोर्डिङ स्कुलको कोर्टमा खेलाइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु