दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

किशेरी र अपाङ्गता भएका महिलाहरुका लागि मर्यादित महिनावारी सम्बन्धी छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २२ गते, बिहीबार ६:३९

२१ मंसिर २०७९ शर्मिला विश्वकर्मा, ललितपुर
महिलाहरुका लागि महिनावारी एक प्राकृतिक शारीरिक परिवर्तन हो । सामान्यतय महिनावारी १२ वर्षको उमेरदिख १४ वर्षको उमेरमा हुने हुन्छ । तर कुनै कुनै किशोरीहरुमा भने ९ दिख १५ वर्षको उमेरमा पनि महिनावारी हुने गरेको पाइन्छ । अन्य महिलाहरुको तुलनामा अपाङ्गता भएका महिलाहरुलाई महिनावारी व्यवस्थापनमा केही किठनाईहरु हुने गर्दछन् । यसै सन्दर्भमा डिसेम्बर ८ तारिकका दिन विश्व महिनावारी दिवस मनाउने गरिन्छ। यसै दिवसलाई लक्षित गरी बुधबार अर्थात मंसिर २१ गते ललितपुरमा निरन नेपालले अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालसंग समन्वय गरी वल्डभिजन र नेपाली जुँटौ नामक संस्थाहरुसँग सहकार्य गरी किशोरी र अपाङ्गता भएका महिलाहरुका लिग मर्यादीत महिनावारीका विषयमा एक छलफल कार्यक्रम गर्यो ।
सो छलफलमा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले हाम्रो समाजमा अझै पनि महिनावारीलाई विभेदको रुपमा हेरिने हुदा यस अवस्थामा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरुलाई चुनौती हुने बताउनु भयो । त्यसै ग।री भौतिक अवरोधको कारण महिनावारीका समयमा अपाङ्गता भएका महिलाहरुले विद्यालय छोड्नु पर्ने, सहज रुपमा यस सम्बन्धी सूचना तथा जानकारीहरु प्राप्त नहुदा महिनावारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराको जानकारी नहुने, पूर्ण तथा अति असक्त अपाङ्गता भएका छोरीहरुका आमा वा सहयोगीले नै सबै काम गरिदिनु पर्ने हुदा यस विषयमा सबै प्रकारका अपाङ्गता भएका महिला तथा अभिभावकहरुको सहभागीतामा व्यापक रुपमा छलफल गरी नीतिगत रुपमा काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
सो कार्यक्रममा राधा पौडेल फाउण्डेशनकी संस्थापक तथा मदन पुरस्कार विजेता राधा पौडेलले अझै पनि महिनावारीका विषयमा समाजमा संकचित सोच रहेको, महिनावारीलाई विभेदको रुपमा हेरिने हुदा अन्य महिलाहरु भन्दा अपाङ्गता भएका महिलाहरुलाई बढी चुनौती रहेको बताउनु भयो । यसै क्रममा उहाँले अपाङ्गता भएका महिलाहरुको महिनावारीका सवालहरुलाई सबैको साझा सवालको रुपमा अगाडि बढाउनु पर्ने, विभिन्न मन्त्रालयहरुले यस विषयमा गम्भिरताका साथ नीति नियम बनाएर काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
विश्व महिनावारी दिवसका अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा राष्ट्रिय महिला आयोगकी उपसचिव सिता अधिकारीले अन्य महिलाहरुको तुलनामा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरुलाई निकै चुनौती भएको भन्दै महिनावारी सम्बन्धी गरिने कार्यक्रमहरुमा अपाङ्गता भएका महिलाहरुका सवालहरु समावेश गरिनु पर्ने, यस विषयमा उनीहररुले भोगेका कठिनाईका सवालमा चासो राख्नु पर्ने, अपाङ्गता मैत्री शौचालय, प्रसस्त पानीको व्यवस्था गरिने लगायतका विषयमा ध्यान दिएर कार्य योजना बनाएर काम गर्नु पर्ने कुरामा जोड दिनु भयो । यसै गरी उहाँले अपाङ्गता भएका महिलाहरुको मर्यादित जीवनयापनको विषयमा सबैले विचार गर्नु पर्ने भन्दै आगामी दिनमा राष्ट्रिय महिला आयोगले अपाङ्गता भएका महिलाहरुको महिनावारीका सवालमा काम गर्ने पनि बताउनु भयो ।
कार्यक्रममा आयोजक संस्था निरन नेपालकी उपाध्यक्ष रातीदेवी जोशी / श्रेष्ठले कुनै पनि धर्मले महिनावारीलाई विभेद नगरेको भन्दै महिनावारीलाई सरसफाई र उचित व्यवस्थापनमा ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु