
काठमाडौं । भिडलाई छिचोल्दै काठमाडौँको मुटु बानेश्वरबाट २५ किलोमीटर यात्रा गरे पछि धुलिखेल पुगिन्छ । प्राकृतिक रुपमा भरीपूर्ण छिचोल्दै कतै जंगल मनै लोभ्याउने हिम श्रृङ्खला गाँउबस्ती चराचुरुङ्गीका साथै अन्य वन्यजन्तुहरुको अवलोकन गदै नजिकै बतासे डाँडा १७०० सय मिटरको उचाईमा रहेको पुगिन्छ बतासे हिल्स एउटा अर्गानिक स्पट हो ।
स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरी संचालनमा ल्याइएको सो रिसोर्टबाट जङ्गल वाक,साइडसिन,लोकल र अर्गानिक खाना खान पाईन्छ ।
यग्रो फार्मिङ् र बसोबास सहितको सेवा रहेको बतासेबाट सगरमाथा सहितको विभिन्न हिमशृङ्खला साथ साथै वरिपरीको आकर्षक दृश्याअवलोकन गर्न सकिन्छ । पारिवारिक माहोलमा रमाउने लागि एउटा गाउँले परिवेश अनि छुट्टै आनन्द गराउने ठाउँ हो बतासे हिल्स । नजिकै सारदा देबीको मन्दिर रहेको उक्त स्थान ४ वटा विशाल गढिले यसको ऐतिहासिकता र गौरव झल्काउछ ।

क्याम्प फायर गर्दै साझ र रातको समयमा पनि पाहुनाहरुले मनोरञ्जन लिन सक्ने ग्राहकलाई विशेष ध्यान दिँदै २४ घण्टा ग्राहक सेवामा संचालन रहेकोे महिला उद्यमी निशा केसी जंगमले जानकारी दिनुभयो ।
पिकनिक पार्टी वा कुनै सभा समारोह वा रात्रीकालिन बसाईको निम्ति – ९८४०८९९९७७



