तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौंमा दक्षिण एशियाली किसान संगठनहरुको तीन दिने सम्मेलन सम्पन्न, खाद्य सम्प्रभुता लागु गर्ने निश्कर्ष

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २४ गते, शनिबार १९:१७

काठमाडौं, २४ मंसिर । काठमाडौंमा दक्षिण एशियाली किसान संगठनहरुको तीन दिने गोष्ठी सम्पन्न भएको छ । ललितपुरको गोदावरी भिलेज रिसोर्टमा यही डिसेम्बर ८–१० सम्म चलेको गोष्ठीले खाद्य सम्प्रभुता लागु गरेपछि किसानका समस्या समाधान हुने निश्कर्ष निकालेको छ ।
सो सम्मेलनमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकालगायतबाट किसान आन्दोलनका हस्तीहरुले सहभागिता जनाएका थिए । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त गोष्ठीको निश्कर्ष सार्वजनिक गरिएको हो । सो सम्मेलन नेकपा (एस) निकट किसान संगठन अखिल नेपाल किसान महासंघले आयोजना गरेको महासचिव प्रमेश पोखरेलले जानकारी दिए ।
सम्मेलनमा भारतीय किसान आन्दोलनका हस्ती राकेश टिकेट, नन्जुदा स्वामी, राज्य गौंडा सहभागी थिए भने पाकिस्तानबाट फारुग तारिक, श्रीलंकाबाट अनुका चिन्चटालगायतको टोली र बंगलादेशबाट गुलाम सरोबरको सहभागिता थियो ।
महासचिव पोखरेलकाअनुसार तीन दिनसम्म चलेको उक्त सम्मेलनमा दक्षिण एशियाका किसानका समस्या समाधानबारे गहन छलफल गरेको थियो । उनले भने,‘दक्षिण एशियाका किसानका समस्याबारे गहन रुपमा छलफल भएको छ, ती समस्या समाधान गर्नेगरि हामीले छलफल गरेका छौं । खाद्य सम्प्रभुता लागु गरेपछि किसानका समस्या समाधान हुन्छ भन्ने निश्कर्षमा पुगेका छौं । त्यसको लागि अब कार्यक्रम बनाएर अघि बढ्नेछौं ।’ उनकाअनुसार सम्मेलन भने प्रत्येक दुई÷दुई वर्षमा हुने गरेको छ ।
आजको पत्रकार सम्मेनलमा बोल्दै किसान आन्दोलनका अगुवा बलराम बाँस्कोटाले देशको जटिल समस्या नै किसानहरुको समस्या भएको चित्रण गरे । उनले भने,‘किसानहरु निम्नस्तरको जीवन व्यतित गर्न बाध्य छन् । किसानको जीवनमा परिवर्तन नआएसम्म देशको आर्थिक अवस्था निर्धो हुन्छ । देशको अवस्था परमुखी हुन्छ । किसान धनी नभएसम्म देश धनी हुँदैन् । अहिले किसान आन्दोलनको औचित्य झनै बढेर गएको छ ।’
सो क्रममा विभिन्न देशबाट आएका किसान आन्दोलनका अगुवाहरुले किसान आन्दोलनको औचित्य र किसानका समस्या समाधानबारे आ–आफ्नो धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु