दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ पाएको सिटअनुसार ३२ जनै सांसदको नाम टुंगो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २४ गते, शनिबार २०:३८

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ पाएको सिटअनुसार ३२ जनै सांसदको नाम टुंगो लगाएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहमति हुन नसकेपछि बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फका ३२ जनै सांसदको नाम टुँगो लगाएको हो । पुरुषतर्फ जीवन परियार (दलितबाट), विमलेन्द्र निधि (मधेसीबाट) र खसआर्यबाट डा. प्रकाशरण महतको नाम आयोगमा सिफारिश भएको छ ।

महिलातर्फ खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावलल चयन भएका छन्। आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी लिम्बु, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम आयोगमा पठाइएको छ।

दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् भने मधेशीतर्फ नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डलको नाम सिफारिश भएको छ । यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेतको नाम आयोगसमक्ष सिफारिश भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु