दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली ब्यवासायी संघ कतारको सल्लाहकारमा प्रो. रमजान अलिमिया र इन्जिनियर भट्टराई मनोनीत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २५ गते, आईतवार २०:०३

कतार । कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुको साझा संस्था नेपाली ब्यवसायी संघ कतारले दुई सल्लाहकारलाई मनोनीत गरेको छ । संघको शनिबार बसेको बैठकले संघको कानुनी सल्लाहकारमा प्रो. रमजान अलिमिया र सल्लाहकारमा इन्जिनियर अर्जुन भट्टराईलाई मनोनित गरेको हो ।

कतारमा कानुनीरूपमा दर्ता भएको ब्यवसायी संघले आफ्नो गतिविधिलाई थप प्रभाबकारी बनाउन कतारमा राम्रो अनुभव भएकालाई सल्लाहकारमा मनोनीत गरेको संघका अध्यक्ष महेन्द्र चौलागाईंले बताए ।

संघले भर्खरै नेपाल सरकारसँग त्रीपक्षीय सम्झौता गरेर नेपाल र कतारबीचको सम्बन्ध बिस्तार गर्ने र संघका सदस्यलाई बिमानस्थलमा सहजीकरण गर्ने वातावरण बनाएको छ । यसलाई उल्लेखनीय कार्यको रुपमा हेरिएको छ ।

‘कतारको नेपाली समुदाय र कतारमा योगदान दिनु भएकालाई सल्लाहकार मनोनीत गर्दा संघलाई आवश्यक सल्लाह र सुझाव प्राप्त हुनेछ भन्ने अपेक्षा लिएका छौ’ अध्यक्ष चौलागाईंले बताए ।

बैठकमा भर्खरै नेपाल सरकारसँग भएको सम्झौताका बिषयमा आफ्ना सदस्यलाई जानकारी गराएको र भावी कार्यक्रमका बारे छलफल भएको महासचिव रमेश भट्टले जानकारी दिए । भट्टले अब संघले बृहत योजना बनाएर अघी बढ्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु