
२५ मंसिर २०७९ शर्मिला विश्वकर्मा, ललितपुर
परिलक्षित संस्था अपाङ्गता भएका बालबालिकाहरुको शिक्षालाई प्रवर्दन गर्ने र सीप मूलक कार्यक्रम सञ्चाल गरी उनीहरुको जीवन यापनलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको एक गैर सरकारी संस्था हो । आज यसै संस्थाको २२ औ साधारण सभा आफ्नै कार्यलय ललितपूरको कुपण्डोलमा सम्पन्न गरिएको छ ।
सो सामाजिक संस्थाको २२ औ साधारण सभा कार्यक्रमको अवसरमा यसै संस्थाका कार्यकारी निर्देशक सुर्यबहादुर थापाले प्रगती प्रतिवेदन प्रस्तुत गर्दै विगतका दिनमा काठमाडौं उपत्यका लगायत ५ वटा जिल्लाहरुमा अपाङ्गता भएका व्यक्तिहरुको शिक्षाको लागि प्रत्यक्ष रुपमा काम गरेको र हाल धनगढी र सुर्खेतमा छात्रावृत्ति तथा व्यवसायिक सीप मूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिनु भयो । साथै उहाँले धनगढी र सुर्खेतका ७२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई छात्रावृत्ति उपलब्ध गराइएको, अभिभावकहरुलाई व्यवसायिक सीप प्रदान गरिएको, विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु तथा पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको पनि बताउनु भयो ।
कार्यक्रममा शुभकामना मनतव्यका क्रममा नेपाल नेत्रहिन संघका अध्यक्ष सुरेशचन्द्र न्यौपानेले परिलक्षित संस्थाले विविध कारणले शिक्षा लिन नपाएका अपाङ्गता भएका विद्यार्थीहरुलाई छात्रावृत्ति उपलब्ध गराएर उनीहरुको भविश्य सुनिश्चित गर्नका लागि महत्वपूर्ण भूमिका खेलको भन्दै आगामी दिनमा सहकार्य गरेर काम गर्न सकिने बताउनु भयो ।
त्यसै गरी नेपाल दृष्टिविहिन कल्याण संघका प्रतिनिधि प्रेमभक्त डंङङ्गोलले यस संस्थाले देशका विभिन्न क्षेत्रमा रहेका शिक्षालाई निरन्तरता दिन नसकेका, सीप सिक्न नपाएका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको लागि उल्लेखनिय काम गर्नु भएको भन्दै संस्थाको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
यसै क्रममा परिलक्षित संस्थाकी अध्यक्ष तुल्सा शर्मा / हमालले यस संस्थाको उदेश्य भनेको नै शिक्षाबाट बञ्चित भएका अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने रहेकोले देशका विभिन्न स्थामा शिक्षा तथा सीप मूलक कार्यक्रमहरु सञ्चालन गरिएको बताउदै आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरु प्रति समाजको नकारात्क दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

परिलक्षित संस्थाको २२ औ साधारण सभाका प्रमुख अतिथि तथा फिनल्याण्डका साझेदारी संस्था फ्लेम Felm का प्रतिनिधि क्रिस्ति किर्यावानेन Kirsti Kirjavainen ले परिलक्षित संस्थाले अहिले सम्म अपाङ्गता भएका बालबालिकाहरुका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै अबका दिनमा अपाङ्गता भएका व्यक्तिहरु समाजमा सकारात्क परिवर्तन ल्याउनका लागि जनचेतनाका कार्यक्रमहरु सञ्चाल गर्नु पर्ने, उनीहरुलाई विभिन्न अवसरहरु प्रदान गर्नु पर्ने, संस्थाको संरचनामा अपाङ्गता भएका व्यक्तिहरुको पनि अर्थपूर्ण सहभागी गराउन सकेमा अझै प्रभावकारी हुने बताउनु भयो । यसै गरी उहाँले परिलक्षित संस्थाले अपाङ्गता भएका बालबालिकाहरुको शिक्षाको कार्यक्रमलाई अझै दरिले बनाउन फिनल्याण्ड द्वारा सञ्चालित फ्लेम Felm संस्था मार्फत विगतका दिनमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने कुरामा जोड दिदै संस्थाले गरेका कामको प्रशंशा गर्दै खुशी व्यक्त गर्नु भयो ।
यस परिलक्षित संस्थाबाट छात्रावृत्ति प्राप्त गरेर वा on the job Trending प्राप्त गरेका ३ सय भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुले सरकारी तथा नीजि निकायहरुमा रोजगार प्राप्त गरेको परिलिक्षित संस्थाका कार्यकारी निर्देशक सुर्यबहादुर थापाले जानकारी गराउनु भयो ।


