तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

फिक्कल सिन्धुलीमा रैथाने उत्पादन किनबेच सम्बन्धी अन्तरक्रिया सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २६ गते, सोमबार १९:२५

भुमराज तिवारी÷सिन्धुली, २६ मंसिर । सहकार्य नेपाल सिन्धुलीको आयोजनामा फिक्कल गाउँपालिका खाङसाङमा १ दिने रैथाने उत्पादन किनबेच सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फिक्कल गाउँपालिकामा उत्पादन भएको रैथाने उत्पादनलाई कसरी सहज रुपमा बजारीकरण गर्ने भन्ने बारेमा स्थानिय कृषक तथा सहकारीमा आवद्ध कृषकहरुसँग छलफल भएको सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले बताउनु भयो ।

स्थानिय स्तरमा उत्पादन भएको रैथाने तरकारी तथा खाधवस्तुलाई बजारमा कसरी सहज रुपमा किनबेच गर्ने भन्ने बारेमा रैथाने एग्री प्रडक्टस नेपाल प्रा.लि. का अध्यक्ष तिलक ढकालले सहजीकरण गर्नुभएको थियो । रैथानेले गाउँको उत्पादनलाई उचित मूल्यमा किनेर काठमाडौ शहरमा लगेर ग्राहकको घर सम्म पुरयाउदै आएको छ ।

फिक्कल गाउँमा उत्पादन भएको रैथाने वाली गहत, बोडी, सिमी, मस्याङ, बेसार, सक्खरखण्ड, तरुल, तोरी, पिडाँलु, फापर, जुनेलो, जर्नेली धान लगायतका वस्तुहरु किनबेच गर्ने सम्झौतामा रैथाने र सहकारीका प्रतिनिधिहरुका विचमा द्धिपक्षीय सम्झौता समेत सम्पन्न भएको छ ।

पछिल्लो समय फिक्कल सिन्धुली जिल्लाको प्रमुख पर्यटकिय गन्तव्यस्थलको रुपमा समेत विकास हुदै छ । जिल्लाको सबैभन्दा उचाईमा रहेको फिक्कल सूर्योदय, सुर्यास्त तथा हिमाली सौन्दर्य अवलोकनको लागी प्रख्यात छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु