
काठमाडौ ।अस्ट्रेलियको मेल्बर्न बास्केटबल लिगमा नेपाली खेलाडी सुमित थापाको टोली ग्रिनफिन्स च्याम्पियन बनेको छ । सुमितको टोली ग्रिनफिन्सले गोल्डबक्सलाई ६०–५१ ले पराजित गर्दै उपाधि जितेको हो । सो खेलमा सुमितले व्यक्तिगत १३ स्कोर गरेका थिए । करिब ७ वर्षअघि सुमित अध्ययनका लागि अस्ट्रेलिया गएका थिए ।


