तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पुषमा किन्डर ओलम्पिक हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २८ गते, बुधबार १८:४५

काठमाडौं मंसिर २८ गते।आगामी पुष महिनामा काठमाडौंको दशरथ रंगशालामा ’१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ ।
आयोजक अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियसन (एकता) को आयोजनामा विगत १० वर्ष देखि नियमित रुपमा संचालन हुंदै आइरहेको सो खेल उत्सब यो वर्ष पुष २ र पुष ९ गते आयोजना हुंदैछ।
प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका ३२ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता छ ।
प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिएको छ । त्यसमा नर्सरी, युकेजी, एलकेजीका साढे २ वर्ष देखि साढे ५ वर्षसम्मका साना खेलाडिहरुले भाग लिने आयोजक एकताका सदस्य विद्या श्रेष्ठले आज बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । प्रतियोगितामा झन्डै १४ सय साना खेलाडिहरु समावेश हुने जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा आयोजक एकताकी सदस्य लिना श्रेष्ठले सानै उमेरदेखि विद्यार्थीहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने उदेश्यले किन्डर ओलम्पिकको आयोजना गरेको बताइन् ।
उनले भनिन् – ‘खेलकुद प्रतिको रुची सानै देखि वढाउने, बच्चाहरुको शारीरिक विकास र सहभागिता नै ठूलो हो भन्ने सन्देश यो १० वर्षको आयोजनामा हामीले दिन सफल भएका छौं ।’
हजार वढीविद्यार्थीहरु एउटै खेल थलोमा प्रतिस्पर्धा हुने सो खेल मेलाले सानो ओलम्पिकको झल्को दिने गरेको आयोजक सदस्यहरु बताउछन् । प्रतियोगिता सन् २०१२ देखि निरन्तर रुपमा आयोजना हुंदै आएको छ ।
एकता बारे ः
एकता एक नाफा रहित गैर सरकारी संस्था हो । विभिन्न विद्यालयमा कार्यरत शिक्षिकाहरु मिलेर वि सं २०६८ सालमा स्थापना गरेको यो संस्थाले मूलतः बालबालिकाहरुको चौतर्फी विकासमा मदत गर्ने क्षेत्रमा काम गर्छ । संस्थाले स्थापनाकालदेखि नै उदेश्य अनुरुपबाल साँस्कृति ककार्यक्रम, बाल शैक्षिक गोष्ठी, अभिभावक सचेतना कार्यक्रमहरु गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु