दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कर्णालीका दुर्गम जिल्लामा नियमित हवाई सेवा सुरु गर्ने पर्यटनमन्त्री श्रेष्ठको प्रयास

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २८ गते, बुधबार २०:००

२८ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कर्णालीका दुर्गम जिल्लामा नियमित हवाई सेवा सुरु गर्नेबारे कर्णाली प्रदेशका पर्यटनमन्त्री सहित सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ ।

बुधवार मन्त्रालयमा भएको छलफलमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीर बहादुर शाही, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरुसँग कर्णालीका दुर्गम जिल्लामा हवाई उडानलाई नियमित बनाउन गरिरहेको प्रयासबारे जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले आन्तरिक वायुसेवा कम्पनीलाई दुर्गम क्षेत्रको उडानमा हुने घाटा पूर्तिका लागि ‘दुर्गम क्षेत्र हवाई सेवा कोष’ प्रभावकारी सञ्चालन गरिने बताउनुभयो । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले कोष सुरुवात गरे पनि अहिले संचालन हुन सकेको छैन । संघीय सरकार, प्रदेश सरकार तथा निजी क्षेत्रको योगदानबाट कोषलाई सञ्चालन गर्नेबारे पनि छलफल भएको थियो । दुर्गम भेगमा उडान गर्दा हुने घाटा पूर्तिका कोष पुनः सञ्चालन गर्नेबारे अध्ययन गर्न मन्त्री श्रेष्ठले यसअघि कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले कोष संचालन कार्यविधिलाई अन्तिम रुप दिंदैछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण नियमावली अनुसार पर्वतीय उडान गर्दा एक विदेशी यात्रुबराबर ४ अमेरिकी डलर, अन्य गन्तव्यका उडानमा एक विदेशी यात्रुबराबर २ डलर तथा हेलिकोप्टर सेवातर्फ प्रत्येक ‘चार्टर’ उडान गर्दा हुने कूल आम्दानीको २ प्रतिशत कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । कोषमा प्रदेश सरकारले समेत योगदान गरी कर्णालीका दुर्गम जिल्लामा उडानलाई नियमित बनाउन सहयोग गर्ने कर्णालीका पर्यटनमन्त्री शाहीले बताउनुभयो । सुर्खेत विमानस्थललाई कर्णालीका जिल्लासँग जोड्न नसक्दा जनताले संघीयताको अनुभुति गर्न नसकेको उहाँले बताउनुभयो । पर्यटनमन्त्री श्रेष्ठले आफुले कर्णालीका हिमाली र पहाडी जिल्लामा हवाई उडानलाई नियमित बनाउन प्रयास गरिरहेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु