दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मधेशी कोटामा मेरो नाम थियो, जनजातितर्फकी उम्मेदवारलाई सांसद बनाईयो, यसमा निर्वाचन आयोगले गम्भीर गलत गर्यो’ ः लक्ष्मीकुमारी ठाकुर (हजाम)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २९ गते, बिहीबार १६:०५

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसकी नेतृ लक्ष्मीकुमारी ठाकुर (हजाम) ले आफ्नो एक नम्बर प्रदेशसभाको लागि पार्टीबाट समानुपातिकतर्फ मधेशी कोटामा दुई नम्बरमा नाम रहेको भएपनि पार्टी नेतृत्वले आफूलाई सांसद बन्नबाट वञ्चित गरेको आरोप लगाएकी छिन् ।
उनले आफू प्रदेश नम्बर १ मा समानुपातिकतर्फ एकमात्रै मधेशी उम्मेदवार हुँदापनि जनजातितर्फका उम्मेदवार लखकीकुमारी गनगाइलाई मधेशीतर्फ राखेर उनैलाई सांसद बनाईएको आरोप लगाईन् । त्यसको विरुद्धमा आफू उच्च अदालत पाटन पुगेको उनले जनाईन् ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले अदालतबाट आफूले न्याय पाउने विश्वास व्यक्त गरेकी छिन् । उनले भनिन्–‘यसको विरुद्धमा निर्वाचन आयोगमा समयमै दाबी तथा विरोध गरेको थिएँ ।’ उनले पर्याप्त प्रमाण हुँदापनि आयोगले निर्णय नगरेको कारण आफूले बाध्य भएर उच्च अदालत, पाटनमा रिट निवेदन दर्ता गराएको स्मरण गराईन् । पार्टी कार्यालय, निर्वाचन आयोग, सभापति शेरबहादुर देउवा, मधेशी आयोग, वडा कार्यालय र आफ्नो कोटामा सांसद बनेकी लखीकुमारीलाई विपक्षी बनाईएको पनि उनले स्पष्ट पारिन् ।
उनकाअनुसार लखीकुमारी अािदवासी जनजाति महिला महासंघकी केन्द्रीय उपाध्यक्ष हुन् । अहिलेपनि उनी यही पदमा कार्यरत छिन् । उनले पार्टी नेतृत्वले आफूले बनाएको नियम तथा कानून पालना नगरेको गुनासो पोखिन् । उनले भने,‘म भन्न चाहन्छु, तपाईँहरु संविधानमा टेकेर काम गर्नुहोस । जनतामाँझ पटक पटक जानुपर्छ । खराब व्यक्ति सबै दलमा छन् । अहिले खराब व्यक्ति पार्टीमा हाबी भएका छन् ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु