
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । आज बसेको राप्रपा संसदीय दलको वैठकले उनलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ गरी १४ सीट जितेको छ ।अघिल्लो चुनावको तुलनामा उल्लेख्य सुधार गरेको श्रेय पाएका लिङ्देनले अब पार्टीसँगै संसदीय दलको पनि कमाण्ड सम्हाल्नेछन् ।


