
संसारकै प्यार पाए जस्तो लाग्छ तिम्रो मायामा
अनेक रंगले रंगाएकि रहेछौ कलेजिमा
प्रभातका किरण सँगै भेटन आउछौ
मन्द मन्द मुस्कान छरेर हास्ने गर्छौ
यादमा डुबेर धेरै बर्ष बाचेको छु
पुर्णिमाको रातमा तिमिलाई खोजेको छु
सुन्दर तस्विर देख्छु सधै आँखा वरिपरि
मिठो निन्द्रामा आउछौ सपना बनि
गंगाको पानि भन्दा पवित्र मनलाई चलायौ
मायाको बाणले हानि आफु तिर तानि लग्यौ
मायाको घर बनाउन मायाको भिक्षा माग्न आउ
बर्षातको मौसम आयो बादल बनेर आउ
दिन त दिन्छौ होला केहि कुरा बाधेर रुमालमा
संसारकै प्यार पाए जस्तो लाग्छ तिम्रो मायामा
गोबिन्द राज ओझा (राजन) सिलगढी न.पा.२ दिपायल डोटी


