तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल डेरी एसोसिएसनले धुलो दुधको मुल्य तोक्न अनुरोध”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ८ गते, शुक्रबार ११:३५

काठमाडौं । नेपाल डेरी एसोसिएसनले आफ्नो दोस्रो केन्द्रिय समितिको बैठक पोखरामा सम्पन्न गरेको छ । बैठकको मुख्य एजेन्डाको रुपमा एसोसिएसनले धुलो दुधको मुख्य तोक्न सरोकारवाला सबैमा अनुरोध गर्ने निर्णय गरेको छ ।

कोभिड-१९ को असरका कारण दुध उत्पादनमा कमी आएको भन्दै आयात खुल्ला गर्नुपर्नेमा जोड दिएको छ । हाल नपुग दुध व्यवस्थापनको लागि तत्काल नसोच्ने हो भने अब आउने सिजनमा दुधको धेरै नै अभाव श्रृजना हुने र उद्योगलाई अति नै अफ्ठ्यारो पर्ने निष्कर्ष निकालेको छ । हालको उत्पादन र खपतको तथ्यांक संकलन गरी नपुग दुध आयात खुल्ला गर्न सम्बन्धित निकायहरूसँग छलफल गर्ने निर्णय भएको कुरा महासचिव हेमचन्द्र खनालले जानकारी दिए ।

बैठकले दुधबाट बन्ने सबै प्रडक्टस्को मूल्य ताकिएको भन्दै उत्पादित धुलो दुधको मूल्य नतोकिएका कारण दुग्ध व्यवसायीलाई अप्ठ्यारो भएकोले मूल्य तोक्नको लागि सम्बन्धित निकायहरुसँग छलफल अगाडि बढाउने निर्णय गरेको अध्यक्ष दाहालले बताए ।

बैठकले राष्ट्रिय दुग्ध विकास बोर्डको सरकारले पठाएको औचित्यता पत्रबारे पनि छलफल गरेको छ । बैठकको निर्णयमा भनिएको छ,“ दुग्ध क्षेत्रको चौतर्फी हितको लागि २०४८ सालमा स्थापना भएको बोर्ड आज आएर वर्तमान सरकारले बोर्डको औचित्यता माथि प्रश्न खडा गरिरहेको प्रति नेपाल डेरी एसोसिएसनको आपत्ति रहेको छ ।”

एसोसिएसनले भनेको छ,“दुग्ध क्षेत्रमा कुनै पनि समस्या पर्दा सरोकारवालाहरुलाई भेला गरि उचित निर्णय सहित समाधान गर्ने, मन्त्रालयमा समन्वय गर्ने, मूल्यको विषयमा निर्णयार्थ मन्त्रालयमा सिफरिस गर्ने, न्यून बजेटमा पनि किसान, उद्योगीहरुको हितमा काम गर्ने बोर्डको औचित्यमा प्रश्न गर्नुभन्दा अन्य अनावश्यक धेरै संघ संस्था हटाउँदा राम्रो होला भन्ने हाम्रो एसोसिएसनको निश्कर्ष रहेकाले यो निर्णय तुरुन्त फिर्ता गर्न नेपाल डेरी एसोसिएसनले अनुरोध गर्ने निर्णय गरेकोछ ।”

बैठकले नेपाल डेरी एसोसिएसनले आफ्नो वार्षिक गतिविधि एवं डेरी सम्बन्धि जानकारी मूलक लेख रचनाहरू समावेश गरि संस्थाको २४औं स्थापना दिवसको पावन अवसरमा विमोचन गर्ने गरी चौथो डेरी दर्पण प्रकाशन गर्ने निर्णय गरिएको महासचिव हेमचन्द्र खनालले जानकारी दिए ।

विगत २ वर्षदेखि दुधको मूल्य स्थिर रहेको तर उद्योग सञ्चालनका लागि आवश्यक इन्धन लगायत सबै कुराको बजार भाउ बढेको हुनाले त्यसको प्रत्यक्ष असर दुग्ध क्षेत्रमा पनि परेको कारणले दुग्ध व्यवसकायलाई जिवन्त राख्न बजारमा दुधको मूल्य बढाउनु अनिवार्य भएकोले सरोकारवाला निकायहरुसंग छलफल अगाडि बढाउने निर्णय गरिएको महासचिव खनालले बताए ।

आफ्ना सदस्यहरूलाई बाह्य सिप र ज्ञान आर्जन गर्नको लागि विदेश भ्रमण राख्ने र आफ्ना सदस्यहरुलाई क्षमता वृद्धि गराउन सहयोग पुर्‍याउने कुरा बैठकले निर्णय गरेको छ ।

एसोसिएसनले समय समयमा आफ्नो क्षेत्रका गतिविधि र समस्या मात्र भन्दा पनि अन्य क्षेत्रमा साथ र सहयोग गर्ने गरेको छ । त्यसै क्रममा यस पटकको बैठक पछि आफ्ना सबै सदस्यहरुलाई आन्तरिक पर्यटनको प्रबर्द्धन गर्न सहयोग पुग्ने भन्दै कास्की पोखरा नजिकै रहेको पुम्दिकोट स्थित कालाबाङ होम स्टेमा लागि त्यहाँको लोकल खाना अनि साँस्कृतिक कार्यक्रम सम्बन्धि जानकारी गराइएको कुरा एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष शिवहरि आचार्यले जानकारी गराए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु