यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा पत्रकारहरुलाई २ दिने तालिम प्रदान गरियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ८, शुक्रबार २०:५८

८ पुष २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं
नेपाल परिवार नियोजन संघ उपत्यका शाखाले अन्य नागरिकहरुका साथै अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि अपाङ्गता मैत्री वातावरणमा यौन तथा प्रजनन् स्वास्थ्य सेवा उपल्बध गर्दै आएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि सन् २०१९ देखि यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा काम गर्दै आएको यस शाखाले यही पुष ६ र ७ गते अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यका सवालमा विभिन्न सञ्चार माध्यममा आवद् सञ्चारकर्मीहरुलाई २ दिने तालिम प्रदान गरेको हो ।
यस तालिममा आयोजक संस्था नेपाल परिवार नियोजन संघ उपत्यका शाखाका शाखा प्रवन्धक शरद अर्यालले अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा वकालत गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु भयो । यस संस्थाले काठमाडौं, भक्तपुर र ललितपुरका १४ वटा स्थाबाट अपाङ्गता मैत्री सेवा पनि दिदै आएको भन्दे यस कार्यमा ६ जना विभिन्न प्रकरका अपाङ्गता भएका व्यक्तिहरुले पनि साथी शिक्षक Peer Educator का रुपमा
घरदैलो कार्यक्रमलाई महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा कर्मचारीहरुलाई संस्थाले तालिम पनि प्रदान गर्ने गरेको जानकारी गराउनु भयो ।
उक्त २ दिने तालिममा यौनक डट कम का सम्पादक तथा सुरुवात नाक संस्थाका अनुसन्धान संयोजक Research Coordinator अनुप अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्य र अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ तथा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो यसै क्रममा उहाँले अझै पनि अधिकांश मानिसहरु यौनका विषयमा खुलेर बोल्न नसक्ने, सुरक्षित गर्भपतनलाई समाजमा नकारात्क दृष्टिकोणले हेर्ने यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा सेवा लिन नआउने गरेको बताउनु भयो भने अबका दिनमा विभिन्न सञ्चार माध्यमहरुले यौन तथा प्रजनन् स्वास्थ्यक विषयमा सबै सञ्चार माध्यमहरालाई लेख रचनाहरु, समाचारहरु प्रकाशन र प्रशारण गर्न आग्रह गर्नु भयो ।
उक्त २ दिने तालिममा नेपाल परिवार नियोजन संघ उपत्यका शाखामा कार्यरत Peer Educator साथी शिक्षक अम्बिका कुँइकेलले विभिन्न सामुदायिक विद्यालयहरुमा गएर अपाङ्गता भएका तथा अपाङ्गता नभएका विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा जानकारी तथा परामर्श दिने गरेको र यस कार्यले यौनका, महिनावारीका, प्रजनन् स्वास्थ्यका तथा किशोर किशोरीमा आउने परिवर्तन, स्वास्थ्य समस्याका विषयमा विद्यार्थीहरु खुलेर बोल्ने गरेको बताउनु भयो । साथै उहाँले यस विषयमा तालिम लिए पछि आफुलाई पनि धेरै कुराहरुको जानकारी भएको र विना संकोच बोल्न र बुझाउन सकेको र यस कार्यबाट अपाङ्गता भएका व्यक्तिहरुमा सकारात्मक परिवर्तन आएको बताउनु भयो ।
त्यसै गरी अर्का Peer Educator साथी शिक्षक सञ्जिया श्रेष्ठले समुदायमा नै गएर अपाङ्गता भएका व्यक्तिहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका विषयमा तालिम दिने गरेको भन्दै विभिन्न सञ्चार माध्यमहरुले यस विषयमा कलम चलाउनु पर्ने कुरामा जोड दिनु भयो ।


यो तालिममा युवा नेत्रिहन संघका महासचिव रामचन्द्र गैरेले अपाङ्गता, यौनिकता र पहुँचयुक्त्तताको विषयमा कार्य पत्र प्रस्तुत गर्दै अपाङ्गताको परिभाषा प्रष्ट पार्नु भयो ।
त्यसै गरी भक्तपुर CBR का संयोजक सुरेश प्रधानले अपाङ्गताको अवधारणा तथा अपाङ्गताको परिभाषा, प्रकार, अवस्था र उनीहरुको प्रजनन् स्वास्थ्यका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा विभिन्न सञ्चार माध्यममा आवद् सञ्चारकर्मीहरुलाई प्रदान गरिएको सो २ दिने तालिममा नेपाल परिवार नियोजन संघ उपत्यकाका सभापति पवन ढुङ्गेलले अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा अझै धेरै जनचेतना जगाउनु पर्ने, राष्ट्रिय स्तरका सञ्चार माध्यमहरुले यस विषयमा कलम चलाउनु पर्ने कुरामा जोड दिनु भयो ।
तालिममा सहभागी सञ्चारकर्मीहरुले अबका दिनमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यका सवालमा सामाग्रीहरु प्रकाशन र प्रशारण गर्ने प्रतिवद्ता पनि व्यक्त गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु