दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पितृ तर्पण गर्नेहरुको उत्तरगयाधाममा घुइँचो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ८ गते, शुक्रबार २१:१५

रसुवा । रसुवा र नुवाकोटको संगमस्थल वेत्रावती स्थित उत्तरगयाधाममा आज पौषे औंसीका दिन पितृ तर्पण गर्नेहरुको बिहानै देखि घुइँचो लागेको छ । शुक्रबार बिहानैबाट हजारौं भक्तजनहरु धार्मिक एवंम पवित्र त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणी स्थल बेत्रावतीमा आई पौषे औँशीको दिन दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिदै पितृ तर्पणको कार्य गरेका हुन् ।

उत्तरगयाधाममा हरेक बर्ष पौषे औंसीका दिन हजारौले पितृको नाममा पिण्ड तर्पण गर्ने गरेका छन् । हिन्दु धर्मालम्वीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गरेका छन् भने बौद्ध धर्मालम्वीले मृत्यु भएका आफन्तका नाममा लामाहरुले मन्त्र पढ्ने र बत्ति बालेका छन् ।

उत्तरगयाको नामले चिनिने वेत्रावतीमा पौषकृष्ण औंसीका दिन आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छ भन्ने विश्वास रहेको छ । देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको वेत्रगङ्गा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औंसीका दिन सबै देवता र मृतात्माको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको जनबिश्वास रहेको छ ।

आजैका दिन वेत्रावतीमा आमाबाबु नभएकाहरुले सके बर्सेनि र नसके जीवनमा एक पटक भए पनि श्राद्ध गर्ने गर्दछन् । बेत्रावतीमा श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गया मध्ये एउटा गयाको रुपमा पिण्ड दान गर्ने चलन छ । श्राद्ध गर्नका लागि रसुवा सहित नुवाकोट, धादिङ, काठमाडौं, मकवानपुर, चितवन, गोरखा, कास्की लगायतका जिल्ला बाट मानिसहरु उत्तरगयामा आउने गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु