दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल अपाङ्ग महिला ‌संघमा टिका दाहालको अध्यक्षतामा नयाँ कार्य समिति चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १० गते, आईतवार २०:३५

१० पुष २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं
अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकारको लागि काम गर्ने संस्था नेपाल अपाङ्ग महिला संघको हिजो पुष ९ गते २२ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । ” अपाङ्गता भएका महिला विरुद् हुने हिंसा अन्त्यका लागि साझेदारी न्यायमा पहुँच ” भन्ने नारा सहित काठमाडौंमा सम्पन्न गरिएको नेपाल अपाङ्ग महिला संघको २१ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशनले टिका देवी दाहालको अध्यक्षतामा आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
जसमा उपाध्यक्षमा मिना पौडेल, महासचिवमा देबकुमारी पराजुली, सचिवमा सुनिता थापा र कोषाध्यक्षमा शोभा विष्ट निर्वाचित हुनु भएको छ । त्यसै गरी सदस्यहरुमा डम्बरी भट्ट, सरिता थापा मगर, कल्पना ढकाल, चिजमाया वि.क., रश्मी अमात्य र दिल कुमारी ( दिपा) देवकोटा निर्वाचित हुनु भएको छ ।
नवनिर्वाचित कार्य समितिलाई नेपाल अपाङ्ग महिला संघकी पूर्व अध्यक्ष तथा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले बधाई तथा सफल कार्यकालको शुभाकमना व्यक्त गर्दै आगामी दिनमा सबै प्रकारका अपाङ्गता भएका महिलाहरुका सवालहरुलाई प्राथामिकताका साथ अगाडि बढाएर उनीहरुको हक हितको लागि काम गर्न सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।
त्यसै गरी यसै संस्थाकी नवनिर्वाचित अध्यक्ष टिका दाहालले यस साधारण सभा तथा अधिवेशन सफल बनाउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै अपाङ्गता भएका महिलाहरुका प्रत्येक सवालहरु, हक अधिकारहरु सुनिश्चित गर्न, हिंसामुक्त समाज निर्माण गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु