
तल खोला बगिरहेको छ ति नजरले हेर
पुग्नु त माथि हिमचुलि पुगौला मनमा छ रहर
कति छिटो पुग्लौ लाग्छ यो मन भौतारिन्छ
डाडामा सिम सिम झरि परिरहन्छ
कता जाने कहाँ बस्ने ठेगान छैन मनको
हिडेर पुगौला भन्थे धेरै लामो यात्रा भयो
तलतिर खोला देखेपछि त्यतैतिर मन जान्छ
यो यात्रा हाम्रो अब त टुङ्गिदैछ
त्यो रुप हेरि रमाउछु मैले पनि
संयोगले भेट भयो आज पनि
सोच्छु त्यो सिउदो सिन्दुरले भरिदिउ
त्यो काखमा पल्टेर म निदाईदिउ
हासेर बसौ खुसि रहनुपर्छ जिवनमा
शिक्षाले असल मान्छे बन्नुपर्छ जिन्दगिमा
यो मन हो बहकिन्छ डुलिरहन्छ
लक्ष्य सम्म पुग्न अझै धेरै छ
गोबिन्द राज ओझा (राजन)सिलगढी न.पा.२ दिपायल डोटी


