
काठमाडौँ, ११ पुस । नेपाली कांग्रेसका नेता तथा पूर्व आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डेलाई पितृ शोक परेको छ ।
पाण्डेका पिता नुरनिधि पाण्डेको ८६ बर्षको उमेरमा गत शुक्रवार काठमाडौँमा निधन भएको हो ।
लमजुङको वेशिशहर नगरपालिका ११ चितिका स्थायी वासिन्दा पाण्डेको आफ्नै निवासमा आकस्मिक निधन भएको हो ।
नेपाली कांग्रेसमा सक्रिय पाण्डे प्रजातन्त्रवादी एवं समाजसेवी अगुवा रहँदै आएका थिए । पाण्डेका श्रीमती चार छोरा र एक छोरी रहेका छन् ।


