भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यही पुस १७ गतेका लागि आह्वान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १२ गते, मंगलवार ०७:५१

विराटनगर । प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यही पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा, १८३ को उपधारा ९१० बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही २०७९ साल पुस १७ गते आइतबार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गर्न नेपालको संविधानको धारा, १६६ को उपधारा ९२० बमोजिम प्रदेशप्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रदेशप्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नेछ भन्ने संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्ले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु