दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

माओवादीले कांग्रेसलाई मुर्गा बनाएको होईन, प्रचण्ड प्रधानमन्त्री बनेपछि जनतामा उत्साह छ : दिनानाथ शर्मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १२ गते, मंगलवार १६:०७

काठमाडौं, १२ पुष । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता दिनानाथ शर्माले आफूहरुले नेपाली कांग्रेसलाई मुर्गा नबनाएको स्पष्ट पारेका छन् । उनले भने,‘हामी मओादीले कांग्रेसलाई मुर्गा बनाएको होईन । हामी त राम्रो बनाउन आएका हौं । कांग्रेसलाई ठूलो पार्टी बनाएका हौं । शक्तिशाली बनाऔं ।’

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डलले छिट्टै पूर्णता पाउने दाबी गरे । उनले भने,‘मन्त्रिमण्डलले छिट्टै पूर्णता पाउँछ । विगतजस्तो महिनौं दिन लागेन । हिजै ८ सदस्यीय मन्त्रिमण्डल बन्यो । हिजै मन्त्रिपरिषद्को पहिलो बैठक बस्यो । सुशासन र सेवा प्रवाहमा केन्द्रित गर्ने भनेर निर्णय गरेको छ । जनताको समस्या समाधान गर्ने कुरा गरेको छ । प्रचण्डको लागि यो दुई वर्ष छ, यो युग बदल्न र बेथिति अन्त्य गर्नको लागि अवसर छ । हिजो सरकार बन्दै गर्दा सेयर मार्केटमा नयाँ उत्साह छ । जनतामा नयाँ विश्वास र आशा पैदा भएको छ । यो सरकारले जनताको अपेक्षा पूरा गर्ने संकल्प गरेर आएको छ ।’

उनले एमाले र माओवादी मिलेर नै घि बढ्ने सुनाए । उनले भने,‘कम्युनिष्टहरुबीच आपसमा फुट्ने र मिल्ने काम भएको छ । अब सहकार्य गरेर जानुपर्छ । यो अहिलेको जनादेशको मर्म पनि हो ।’ उनले ओली र प्रचण्डको तिक्ततालाई भुल्ने कुरा गरे । उनले भने,‘म हिजो फर्किएर अब कसैलाई आरोपित गर्ने पक्षमा छैन् । हिजोलाई बिर्सिऔं । हिजोको आत्मसमिक्षा जरुरी छ । तर, सकारात्मक रुपमा गर्नुपर्छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु