दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अपाङ्गता भएका महिला विरुद्धको हिंसा, नीतिगत सवलता र न्यायमा पहुँच” बिषयक गोष्ठी सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १३ गते, बुधबार ६:३२

भूमिकला पौडेल,काठमाडौ ।“अपाङ्गता भएका महिला विरुद्धको हिंसा, नीतिगत सवलता र न्यायमा पहुँच” पु¥याउने उद्धेश्यले राजधानीमा एक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
अपाङ्गता भएका महिलाहरू प्रति भइरहेका हिंसा बारे कसरी आवाज उठाउन सकिन्छ र त्यसका लागि नीतिगत रूपमा के कस्ता सवल पक्षहरू छन् तथा आगामी दिनमा कसरी यसलाई अझ सवल बनाउँदै लान सकिन्छ र यदि अन्याय भएको खण्डमा त्यसका लागि कसरी न्यायमा पहुँच पुग्न सक्छ भन्ने सम्बन्धमा अधिवक्ता तथा कानुनविदहरू, अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्थाका प्रतिनिधीहरू, विभिन्न आयोग तथा सरकारी निकायका प्रतिनिधीहरू र उपत्यका भित्रका विभिन्न ६ वटा नगरपालिकाका उप–प्रमुख तथा न्यायिक समितिका सदस्यहरू बिच व्यापक छलफल गरिएको थियो ।

सहभागीहरूले अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच पु¥याउनका लागि आफ्ना–आफ्ना निकायमा के के गर्न सकिन्छ भन्ने विषयमा उक्त कार्यक्रमले सचेत गराएको बताउँदै आगामी दिनमा यसका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । अपाङ्गता भएका महिलाहरूको महासंघ–नेपाल, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहिन संघ र श्रवण–दृष्टिविहीन अभिभावक संघको संयुक्त आयोजनामा सञ्चालित सो कार्यशालालाई अपाङ्गता अधिकार वकालत कोषले सहयोग गरेको थियो । कार्यशालामा ५० जना व्यक्तिहरूको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु