दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महिलाले प्रयोग गर्ने परिवार नियोजनको नयाँ साधन “सायना प्रेस” बजारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १३ गते, बुधबार ६:५३

१३ पुष २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं

परिवार कल्याण महाशाखाले महिलाले प्रयोग गर्ने गर्भ निरोधकको नयाँ साधन “सायना प्रेस (डिएमपिए–एस.सी” बजारमा ल्याएको छ ।
यस अघि सिन्धुली र नवलपरासी जिल्लामा परिक्षण गरी ललितपुर,कैलाली, रूकुम, मोरङ, पर्सा जिल्लामा प्रयोगमा आइसकेको उक्त साधनको सेवा नेपाल परिवार नियोजन सङ्घ, उपत्यका शाखा, जडिबुट्टीबाट पनि प्रदान गरिने सङ्घले पुस ११ गते आफ्नै कार्यलयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

परिवार नियोजनको साधन सायना प्रेस पहिलो पटक प्रयोग गर्दा महिनावारी भएको सात दिनभित्र र त्यसपछिको मात्रा तीन÷तीन महिनाको अन्तरालमा लगाउन सकिनेछ भने सुत्केरी भएको ६ हप्तापछि लगाउन सकिने नेपाल परिवार नियोजन सङ्घ, उपत्यका शाखामा कार्यरत वरिष्ठ नर्स विभा राईले जानकारी दिनुभयो ।
उहाँले यस अघि प्रयोगमा आएको डीपोप्रोभेराको सट्टामा होइन कि त्यसले जस्तै गर्भ निरोधका लागि महिलाले प्रयोग गर्ने नयाँ साधन आएको बताउनुभयो ।

सायना प्रेसलाई पनि सानो सुइको माध्यमबाटै पेट, पाखुरा वा तिघ्राको बोसो जमेको भागमा लगाउन सकिनेछ ।
नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखा प्रवन्धक शरद अर्यालले सङ्घमार्फत पहिलो पटक सेवाग्राहीका लागि प्रदान गर्न लागेको सायना प्रेस, डिपोप्रोभेरा र अन्य परिवार नियोजनका साधन जत्तिकै भरपर्दो रहेको परिक्षणबाट प्रमाणित भएपपछि आगामी माघ महिनादेखि सो शाखाले सायना प्रेस प्रयोगको सुविधा निःशुल्क उपलब्ध गराउन लागेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु