दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १३ गते, बुधबार १६:५४

काठमाडौं । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा नुवाकोटका बहादुर सिंह लामा निर्वाचित भएका छन् । बुधबार दिउँसो भएको निर्वाचनबाट लामा बिजयी भएका हुन् ।

बिजयी लामाले २१ र अर्का प्रतिस्पर्धी कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गरेको निर्वाचन समितीका संयोजक चन्द्र महर्जनले जानकारी दिए ।

दलको नेतामा निर्वाचित लामा नुवाकोट क्षेत्र नम्बर २(२) बाट निर्वाचित भएका हुन् । यस्तै प्रतिस्पर्धी बानियाँ मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २(२) निर्वाचित भएका हुन् । बागमती प्रदेशमा कांग्रेसबाट प्रत्यक्षमा २५ र समानुपातिकबाट १२ गरि ३७ सदस्य निर्वाचित भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु