दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज सेयर बजार उच्च अंकले वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १४ गते, बिहीबार १८:३५

काठमाडौं । आज सेयर बजार उच्च अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ८८ अंकले बढेर दुई हजार २९ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ।

गएको भदौपछि पहिलोपटक नेप्से दुई हजारको बिन्दुमा पुगेको हो। आज विकास बैंक, बिमा, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले बढेको छ।

आज दुई सय ५७ वटा कम्पनीका ८० लाख २४ हजार कित्ता सेयर दुई अर्ब ८६ करोड तीन लाख रुपैयाँबराबरको कारोबार भएकाेमा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १२ करोड तथा नेपाल दूरसञ्चार कम्पनी र रिडी हाइड्रोको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

यस दिन हिमालयन ऊर्जा विकास कम्पनी, सानिमा लाइफ इन्सुरेन्स, अजोड इन्सुरेन्स, प्रभु इन्सुरेन्स, श्वेत गंगा हाइड्रो, सिर्जनशील लघुवित्त र धौलागिरि लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजारमा हरियाली भए पनि आज नेस्डाे समृद्ध लघुवित्तको सेयर भने एक प्रतिशतले घटेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु