तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अपाङ्गता भएका व्यक्तिहरुको यौन, प्रजनन् र स्वास्थ्य अधिकार सम्बन्धी समिक्षा तथा कार्यक्रम तर्जुमा बैठक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १४ गते, बिहीबार १९:०६

१४ पुष २०७९ शर्मिला विश्वकर्मा, ललितपुर

नेपाल परिवार नियोजन संघले हिजो पुष १३ गते आफ्नै कार्यलयमा अपाङ्गता भएका व्यक्तिहरुको यौन, प्रजनन् र स्वास्थ्य अधिकार सम्बन्धी समिक्षा तथा कार्यक्रम तर्जुमा बैठक गर्यो । सो बैठकमा नेपाल परिवार नियोजन संघका कार्यक्रम निर्देशक डा. विना श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य, प्रजनन् र समावेशीताका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । यस प्रस्तुतीका क्रममा उहाँले यस संघले अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्तताका आधारमा सर्वसुलभ रुपमा सेवा पुर्याउने उदेश्यले काम गर्दै आएको र आगामी दिनमा पनि अपाङ्गता मैत्री वातावरणमा सेवा सुविधा प्रदान गरिने बताउनस भयो ।
कार्यक्रममा यसै संघका संयोजक विवेक रिसालले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको यौन अधिकारका विषयमा प्रस्तुतीकरण गर्नु भयो । सो प्रस्तुतीकरणका क्रममा नेपाल परिवार नियोजन संघले सन् २०१९ देखि २२ सम्म अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका लागि काम गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरुको क्षमता तथा नेतृत्व विकास गर्ने र जनचेतना जगाउन Peer Educator साथी शिक्षकहरुलाई तालिम दिने, सञ्चारकर्मीहरुसँग यस विषयमा छलफल गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको भन्दै सन् २०१९ देखि २२ सम्ममा १३ हजार ५ सय ६५ जना अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिएको पनि जानकारी गराउनु भयो । जसले समाजमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा सकारात्मक परिवर्तन आएको बताउनु भयो ।


कार्यक्रम सञ्चालनका क्रममा नेपाल परिवार नियोजन संघ उपत्यका शाखाका प्रवन्धक शरद अर्यालले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता मैत्री भौतिक संरचना तथा वातावरणमा सेवा सुविधा प्रदान गर्दै आएको, उपत्यकाका नगरपालिकाका मेयरहरुलाई यस विषयमा सचेत गराएको र उहाँहरुले अब प्रत्येक क्लिनिकहरुबाट अपाङ्गता मैत्री सेवा प्रदान गर्ने बताएको जानकारी गराउनु भयो । साथै आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रोत्साहित गर्दै अपाङ्गता मैत्ती वातावरणमा सेवा प्रदान गरिने कुरामा पनि जोड दिनु भयो ।
नेपाल परिवार नियोजन संघ उपत्यका शाखा मार्फत विभिन्न प्रकारका ६ जना अपाङ्गता भएका व्यक्तिहरुलाई Peer Educator साथी शिक्षकका रुपमा स्वयम् सेवक भएर तालिम उपलब्ध गराई काम गर्ने अवसर पनि प्रदान गरिएको छ । जसमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुमा अम्बिका कुँइकेल, सुनिता दुवाल, रुवी महर्जन, गंगा प्रजापती, दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुमा सञ्जिया श्रेष्ठ र समिक्षा कार्कीले काम गर्नु भएको छ ।
यस कार्यक्रममा उहाँहरुको काम, लगनशिलताको कदर गर्दै यस नेपाल परिवार नियोजन संघबाट १/१ थान ल्यापटप पनि वितरण गरियो । सोही क्रममा शारीरिक अपाङ्गता भएकी महिला अम्बिका कुँइकेलले नेपाल परिवार नियोजन संघले अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा स्वयम् सेवकको रुपमा काम गर्ने अवसर दिनु भएकोमा यस संघका सम्पूर्ण परिवारलाई आभार प्रकट गर्नु भयो । साथै उहाँले आफु स्वास्थ्यको विद्यार्थी भएता पनि यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा यही संस्था मार्फत प्रष्ट भएको र यहाँ प्रदान गरिएको तालिमले अन्य व्यक्तिहरुलाई सिकाउन आफु सक्षम भएको भन्दै आगामी दिनमा स्थलगत रुपमा काम गर्ने क्रममा साङ्केतिक भाषाको ज्ञान भएको दोभाषेको व्यवस्था गरिदिनु हुन आग्रह गर्दै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई पनि अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा जानकारी गराउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
त्यसै गरी अर्का साथी शिक्षक Peer Educator पूर्णदृष्टिविहिन अपाङ्गता भएकी महिला सञ्जिया श्रेष्ठले नेपाल परिवार नियोजन संघले यसरी काम गर्ने अवसर दिएको र कामको मूल्याङ्कन गरेकोमा सबैलाई धन्यवाद दिदै अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम दिन वा कुनै सेवा प्रदान गर्न जाँदा आउने विभिन्न चुनौतीहरुको समाधान गर्नका लागि आगामी दिनमा यस संघले अवस्था अनुसार यातायातको पनि व्यवस्था गरिदिएमा यस कार्यक्रम अझै प्रभावकारी हुने बताउनु भयो ।
कार्यक्रममा उपत्यका शाखाका सभापती पवन ढुङ्गेलले अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा गरिरहेको कार्यक्रमहरुलाई दिगो बनाउनका लागि सबै शाखाहरु अपाङ्गता मैत्री बनाउदै, सबै ठाँउमा तालिम सञ्चालन गर्दै सर्वसुलभ रुपमा सेवा प्रदान गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरी यस नेपाल परिवार नियोजन संघका कार्यकारी निर्देशक डा. नरेश प्रताप के.सी.ले नेपाल परिवार नियोजन संघले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई दिदै आएको सेवालाई आगामी दिनमा पनि अपाङ्गता अनूकुलको वातावरणमा निरन्तरता दिने र प्रजनन् स्वास्थ्य सेवाको विस्तार गरिने बताउनु भयो ।
नेपाल परिवार नियोजन संघमा सन् २०१९ देखि २०२२ समम स्वयम सेवक तथा Peer Educator साथी शिक्षकका रुपमा काम गरेका ६ जना अपाङ्गता भएका व्यक्तिहरुलाई १/१ थान ल्यापटप प्रदान गर्दै यस नेपाल परिवार नियोजन संघका अध्यक्ष हिमाल बस्नेतले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा, उनीहरुको यौन अधिकार, परिवार नियोजन लगायतका सवालमा काम गर्ने भन्दै यस कार्यक्रमलाई प्रभावकारी बनाउन सबै मिलेर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु