दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

श्रवणदृष्टिविहिन अपाङ्गता सम्बन्धि पत्रकारहरुलाई जानकारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १५ गते, शुक्रबार १०:३०

१५ पुस २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं

नेपाल सरकारले वर्गीकरण गरेको १० प्रकारका अपाङ्गता मध्ये श्रवणदृष्टिविहिन अपाङ्गता पनि एक हो । अपाङ्गता अधिकार ऐन २०७४ का अनुसार ” सुनाइ सम्बन्धि र दृष्टि सम्बन्धि दुबै अपाङ्गता भएको वा दुइ वटा इन्द्रिय सम्बन्धि अपाङ्गताको संयुक्त अन्तरक्रियालाई श्रवणदृष्टिविहिन अपाङ्गता ” भनिएको छ ।
अर्थात आँखा पनि नदेख्ने र सुन्न पनि नसक्ने अपाङ्गता नै श्रवणदृष्टिविहिन अपाङ्गता हो । यो जन्मजात वा जन्म पश्चात पनि हुने हुन्छ । श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार स्थापीत गर्नका लागि वि.स.२०६२ सालमा श्रवणदृष्टिविहिन अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुद्वारा बहिरादृष्टिविहिन अभिभावक समाज नामक संस्थाको स्थापना गरिएको हो । यसै संस्था मार्फत यी बालबालिकाहरुको हक, हित र अधिकार सुनिश्चितका लागि काम गरिरहेका छन् ।
अपाङ्गता भित्र पनि र श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका जटिल चुनौती भएको कारण यस विषयमा आमसञ्चार माध्यमहरुले जानकारी प्राप्त गरी उनीहरुको आवाजलाई समाजमा ल्याउन र सम्बन्धित निकाय सम्म पुर्याउन सहज होस भन्ने उदेश्यले हिजो पुष १४ गते बहिरादृष्टिविहिन अभिभावक समाजले आफ्नै कार्यलय मध्यबानेश्वरमा विभिन्न सञ्चार माध्यमहरुमा आवद् हुनु भएका सञ्चारकर्मीहरुसँग श्रवणदृष्टिविहिन अपाङ्गताका विषयमा छलफल गरेको छ ।
बहिरादृष्टिविहिन अभिभावक समाजद्वारा यस्ता बालबिलकाहरुलाई दैनिक क्रियाकलाप गराउने, व्यवहारिक सीप सिकाउनको लागि दिवा सेवा केन्द्र सञ्चालन गरेको छ । साथै श्रवणदृष्टिविहिन अपाङ्गताको अन्सन्धान गर्ने, गराउने, अभिभावक तथा समुदायमा उनीहरुको बारेमा जानकारी गराउने, यस्ता अपाङ्गता भएका व्यक्तिहरु र अभिभावकहरुलाई विशेष शिक्षा, स्वास्थ्य उपचार, तालिम प्रदान गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । अहिले काठमाडौं, रुपन्देही, मोरङ् र कास्की जिल्लामा रहेका श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गरिरहेको छ भने काठमाडौंबाट ३३ जना श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा प्रदान गरिएको छ ।
श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि गरिएका क्रियाकलाप र उनीहरुको अवस्था, चुनौती, सेवा सुविधाका विषयमा जानकारी दिने उदेश्यले गरिएको पत्रकारसँगको छलफलमा यसै संस्थाकी विशेष शिक्षिका करुणा महर्जनले संस्थाको परिचय गराउदै अपाङ्गताको परिभाषा, वर्गीकरणको प्रकार, श्रवणदृष्टिविहिन अपाङ्गताका चुनौतीहरु, अपाङ्गता परिचय पत्र, सामाजिक सुरक्षाभत्ता लगायतका विषयमा जानकारी गराउनु भयो । साथै उहाँले श्रवणदृष्टिविहिन अपाङ्गता समयको आधारमा जन्मजात र जन्मपश्चात हुने र सुनाइ तथा दृष्टिमा रहेको क्षमताको आधारमा पूर्ण दृष्टिविहिन र पूर्ण बहिरा, पूर्ण दृष्टिविहिनता र आंशीक सुनाई, पूर्ण बहिरा र अल्पदृष्टियुक्त, आंशीक सुनाइ राह्स र कार्यत्मक सिमितता गरी ५ प्रकारको हुने बताउनु भयो । साथै उनीहरुलाई व्यवहारिक ज्ञान तथा सीप सिकाउने विधि, उनीहरुको आनीबानीमा सुधार भएका कुराहरु, शिक्षा दिने विधिका विषयमा पनि प्रष्ट पार्नु भएको थियो भने उनीहरुमा सञ्चारमा समस्या हुने हुदा स्पर्श साङ्केतिक भाषाको आवश्यकता हुने पनि बताउनु भयो ।
उक्त छलफलमा यस संस्था श्रवणदृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पा नेरु शेर्पाले श्रवणदृष्टिविहिन अपाङ्गता भएका बालबालिकाहरुका अभिभावकहरुद्वारा यो संस्था स्थापना गरिएको र यस्ता बालबिलकाहरु आफ्नो लागि आफै बोल्न नसक्ने भएकोले संस्था मार्फत अभिभावकहरुले उनीहरुका लागि वकालत तथा पैरवी गर्दै आएको बताउनु भयो । साथै उहाँले यस्ता बालबालिकाहरुलाई राज्यले पूर्ण रुपमा पहिचान गर्न नसकेको भन्दै उनीहरु शिक्षा तथा स्वस्थ्य सेवा लिनबाट बञ्चित भएको गुनासो गर्नुका साथै यस्ता अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई, उनीहरुका चुनौती तथा समस्याहरुलाई सञ्चारकर्मीहरुले उठाईदिनु पर्ने, लेखिदिनु पर्ने बताउदै यस्ता व्यक्तिहरुका लागि राज्यले १ जना सहयोगीको व्यवस्था गरिदिनु पर्ने, देशका विभिन्न स्थानमा दिवा सेवा केन्द्रहरु स्थापना गरेर उनीहरुको क्षमता अनुसार विभिन्न विधिहरु अपनाएर शिक्षा प्रदान गर्नु पर्ने, व्यहारिक सीप सिकाउनु पर्नेमा आज सम्म पनि यस विषमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताउनु भयो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका सवालमा सामाग्रीहरु प्रकाशन तथा प्रशारण गर्ने बताउनु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु