तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

म पावर देखाउन वा पैसा कमाउन पदमा आएको होइन : उपप्रधानमन्त्री श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १६ गते, शनिबार १७:३६

काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रका नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायण काजी श्रेष्ठले आफू पावर र पैसाका लागि नभइ काम गर्नका लागि पदमा आएको बताएका छन् । शनिबार श्रेष्ठको सम्मानमा उनको पारिवारिक सम्बन्ध जोडिएको मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै आफूलाई पैसाको कुनै लालच नभएको बताएका हुन् । उनले पद पावरका लागि भन्दा पनि देशमा सेवा भावले केही गर्नु पर्छ भन्ने आफ्नो सोच रहेको सुनाए ।
नेता श्रेष्ठ हालसम्म पनि अविवाहित छन् । उनले आफू ‘सिंगल’ नै रहेको भन्दै भएको पैतृक सम्पति समेत बेचेर ऋण तिरेको सुनाए । उनले आफूसँग अरु कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताए । आफ्नो नाममा बैंक ब्यालेन्स पनि नभएको उनले बताए । ‘राष्ट्रिय सभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रिय सभाले खोलिदिएको बैंक खाता छ, अरु कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन’ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।’
आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारहरुको भूमिका पनि महत्वपूर्ण रहेको उनले बताए । ‘तपाईहरुले मलाई कुनै अनावश्यक काम गर्न दवाव दिनु भएन, तपाईहरुको हौसला मेरा लागि सधै प्रेरणा बन्यो’ उनले भने, ‘ऐन, नियम विपरित तपाईहरुले मलाई का मगर्न कुनै दवाव दिनु भएन र त, म अहिले यहाँ छु ।’ उनले आफूले आफ्नै नातेदारका लागि भए पनि नियम र कानूनको उलंघन भने नगर्ने बताए । तर नियम र कानूनको अधिनमा हुँदाहुँदै पनि कसैले होच्याउने वा कमजोर बनाउन खोजेको अवस्थामा भने आफूचुप नबस्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानका सचिव समेत रहेका मनोवावु श्रेष्ठले माओवादी शान्ति प्रक्रियामा आउदादेखि हालसम्म पनि नेता श्रेष्ठाको भूमिका सधै केन्द्रमा रहेको बताए । नेता श्रेष्ठको काम गराइले अहिलेको सरकार पनि जनमूखी हुनेमा आफू विस्वस्त रहेको उनले सुनाए ।
भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु