दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए कोषाध्यक्ष साहको विश्व दौडाह, युरोपपछि एसिया प्याशिफिक र मध्यपुर्वको २ हप्ते भ्रमण सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष २१ गते, बिहीबार १०:२१

काठमाडौ ।गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद एनआरएनएका कोषाध्यक्ष सुनील साहले एसिया प्याशिफिक र मध्यपुर्वका बिभिन्न देशका भ्रमण सम्पन्न गरेका छन । २ साताभन्दा लामो भ्रमणको क्रममा कोषाध्यक्ष साहले एसिया प्याशिफिकका मलेसिया, कम्बोडिया, सिंगापुर, थाईल्याण्ड र मध्यपूर्वको यूएई, कतारलगायत देशको भ्रमण सम्पन्न गर्दै एनआरएनए एनसिसि र अन्य संघ सँस्थासँग छलफल, भेटघाट तथा अन्तरक्रिर्या सम्पन्न गरेका छन ।
कोषाध्यक्ष साहले आफ्नो यो भर्मण एनआरएनए अभियन्तासँग भेटघाट र छलफलको लागी रहेको बताए । साहले भेतघाटका क्रममा एनआरएनएका हालका समस्या र समाधानका बारेमा पनि छलफल चलाएका थिए । एसिया र मध्यपुर्वको भ्रमणको क्रममा साह बिभिन्न संघ सँस्थाबाट सम्मानीत समेत भएका छन । दुई साताभन्दा लामो एसिया र मध्यपुर्व भ्रमणको क्रममा साहलाई बिभिन्न एनआरएनए एनसीसी, नेपाली जनसम्पर्क समिति कतार र यूएईले सम्मान गरेको हो ।
कतारमा आयोजित कार्यक्रमका बीच जनसम्पर्क समिति कतारका संस्थापक सभापति तथा कांग्रेस महासमिति सदस्य एबं एनआरएनए आईसिसि उपाध्यक्ष नरेन्द भाट, कार्यवाहक सभापती ठाकुर प्रसाद परियार र महामन्त्री केदार भूसालले संयुक्त रुपमा सम्मान गरेका थिए ।
सोही क्रममा कतार मधेश प्रदेश समन्वय समितिले पनि साहलाई सम्मान गरेको छ । कतारमा आयोजित छुट्टै कार्यक्रमकाबीच मधेश प्रदेश समन्वय समितिका अध्यक्ष मोहम्मद नियाज शेख र महासचिव तोजीलाल मण्डलले संयुक्त रुपमा साहलाई सम्मान गरेका हुन ।
यस्तै, नेपाली जनसम्पर्क समिति यूएईले पनि स्वागत तथा अन्तरक्रिर्या कार्यक्रमको आयोजना गर्दै सभापति भुवानी प्रसाद तिमिल्सिना र महामन्त्री हरि खड्काले संयुक्त रुपमा साहलाई सम्मान गरेका छन । साहलाई एनआरएनए एनसिसिहरु मलेसिया, कम्बोडिया, सिंगापुर, थाईल्याण्ड,युएई र कतारले छुट्टा छुट्टै कार्यक्रम राखी खादा ओढाएर सम्मान गरेका थिए । सम्मानित पछि साहले यो सम्मान र साथिहरुको मायाले अत्यन्त उत्साहित भएको बताए ।
कोषाध्यक्ष साहले केही समय पहिले देखी नै आफू एनआरएनएको आगामी अधिबेसनबाट नेतृत्व लिन तयार रहेको बताउदै आउने गरेका थिए । साहको यस भर्मणलाई पनि एनआरएनएको आगामी अधिवेसनसङ्गै जोडिएर हेरिएको छ ।
कोषाध्यक्ष साहसँगै एनआरएनए एनसिसि कतारले प्रवक्ता सोम प्रसाद सापकोटालाई पनि खादा लगाएर दोहामा स्वागत गरेको थियो ।
यसअघि यूरोपका विभिन्न देशको भ्रमण सम्पन्न गरेका साहले हाल एसिया र मध्यपुर्वको भ्रमण गरेका हुन ।
मधेश प्रदेशमा ब्लड बैक बस परियोजनाको संयोजक समेत रहेका साह आगामी कार्यकालका लागि नेतृत्वको लागि पनि दावि गरिरहेका छन ।
विश्वभर छरिएर रहेका एनसिसीमाझ पुगेर साहले एनसिसीको मुद्दा, समस्या र एनआरएनको वर्तमान अवस्थाको विषयमा अन्तरक्रिर्या गदै आउनु भएको छ । अन्य विभिन्न एनसिसीमा पनि भ्रमणसँगै अन्तरक्रिर्या हुने साहले बताएका छन । एनआरएनए अमेरिकाको निवर्तमान अध्यक्ष साहले आइसिसी कोषाध्यक्ष भएपछि संस्थालाई आर्थिक पारदर्शी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु