दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शंकरको संगीत, नवराजको शब्दमा रहेको ‘रिसाउ बरु सहन्छु’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष २४ गते, आईतवार १६:३८

काठमाडौं – शान्ति गजमेर सुनार र प्रिन्स बिश्वकर्मा बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘रिसाउ बरु सहन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा चर्चित गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’ र गायिका शान्ति गजमेर सुनारको सुमधुर स्वर सुन्न सकिन्छ।

प्रेमिल शैलीको यसमा शब्द नवराज भुमरी आचार्यको रहेको छ भने संगीत स्वयम् गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को रहेको छ। यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।

प्रनय सुनार निर्माता रहेको यस भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु