दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सत्ता साझेदार दलहरुबीच प्रदेशको भागबण्डामा सहमति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष २४ गते, आईतवार २१:०९

काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेशको भागबण्डामा सहमति जुटेको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा प्रदेशको भागबण्डाबारे सहमति जुटेको हो।

बालुवाटारमा जुटेको सहमतिअनुसार प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार गठन हुनेछ। यस्तै, कर्णाली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुनेछ।

बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ। मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ।

प्रदेश १ मा भने एमालेको नेतृत्वमा सरकार गठन भइसकेको छ। एमाले संसदीय दलका नेता हिक्मत कार्की आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाका ६० जनाको समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु