दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समस्त अपाङ्गताको जागरण गीतको प्रवर्धन कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष २५ गते, सोमबार १९:१६

२५ पुस २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतका गायक÷गायिकाले गाउनु भएको “आउ साथी, एउटा खुसीको दियो बालौं” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

समाजसेवी एवं अभियन्ता नरेश प्रधानले लेख्नु भएको गीतको शब्दहरूमा अपाङ्गता भएका व्यक्तिलाई परिवार र समाजले हेर्ने दृष्टिमा परिवर्तन ल्याउनु पर्ने, त्यस्ता व्यक्तिहरू बोझ होइनन, प्रेरणाका स्रोत हुन् भन्ने उक्त गीतको सन्देश रहेको छ ।

समुदायमा आधारित पुर्नस्थापना केन्द« ( सिविआर पाटन ) द्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, बुनु श्रेष्ठ, पुष्पन प्रधान, अन्जु पन्त, शिव परियार र अस्मिता अधिकारीले सामुहिक रूपमा गाउनुभएको उक्त गीतको म्युजिक भिडियो, अपाङ्गता भएका व्यक्ति, सो क्षेत्रमा काम गर्ने सङ्घ संस्थाका प्रतिनिधी बीच सार्वजनिक गरिएको हो ।

स्टुडियो साउण्डमिलको प्रस्तुती, शक्ति बल्लभको सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई मोहन राईले निर्देशन गर्नुभएको हो । यस गीतको भिडियोमा रक्षा थापा, बस्नेत,गायक,गायिकाले अभिनय गर्नु भएको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका उप प्रमुख मञ्जली शाक्य, बज्राचार्यले सो महानगरपालिकाका भौतिक एवं सामाजिक अवस्थालाई अपाङ्तामैत्री बनाउने प्रयास जारी रहेको बताउनु भयो ।

त्यसै गरी गायिका बुनु श्रेष्ठले अपाङ्गताको विविधतालाई सङ्गीतको माध्यमबाट प्रोत्साहित र प्रेरणादायक बनाउन स्टुडियो साउण्डमिलले त्यस्तो सन्देश मुलक गीत र म्युजिक भिडियो बनाएको र भविष्यमा पनि यस कामलाई निरन्तरता दिने बताउनु भयो ।

सो अवसरमा अभियन्ता दिनेश खनालले १७ वर्ष पहिले चाँगुनारायण निवासी नरेश प्रधानकी छोरी आन्विका बहु-अपाङ्गता सहित जन्मिए पछि प्रधान परिवारले अपाङ्गताको क्षेत्रमा आर्थिक, भौतिक सहयोग गर्दै आएको र यस पटक आउ साथी बोलको गीतले अभिभावक र अपाङ्गता भएका बालबालिकाको खुसी दिने प्रयास गरेको बताउनु भयो ।
प्रधान परिवारले तिमीसँग आन्विका अभियानमार्फत देशभर अपाङ्गता भएका व्यक्ति र यस क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गरिरहेको छ ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष सुदर्शन सुवेदीले सबै निकायहरुले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समावेशीकरण र सवलिकरण गर्दै जानु पर्ने र पूर्ण तथा अतिअसक्त अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले सहयोग गर्नु पर्ने भन्दै आगामी दिनमा “आउ साथी, एउटा खुसीको दियो बालौं” बोलको म्युजिक भिडियोलाई बजाएर मात्रै आफ्नो कार्यक्रमको सुरुवात गर्ने प्रतिद्धता पनि व्यक्त गर्नु भयो ।

समुदायमा आधारित पुर्नस्थापना केन्द« (सिविआर पाटन) का निर्देशक लुनिभा चित्रकारले सिविआर पाटनले अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई चिकित्सा सेवा, हेरचाह, फिजियोथेरापी लगायत शारीरिक र मानसिक सेवा प्रदान गर्दै आएको बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु