
काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) को २५औं स्थापना तथा रजत महोत्सव बुधबार सम्पन्न हुने भएको छ । राष्ट्रियसभा गृहमा उपराष्ट्रपति नन्दबहाुर पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने नेशनल प्याब्सनका महासचिव पारसमणि दाहालले जानकारी दिए । महासचिव दाहालका अनुसार उक्त कार्यक्रममा लोक नृत्य र वक्तृत्वकला प्रतियोगिताको फानल हुनेछ भने अन्य विविध कार्यक्रमहरू हुनेछन् । देशभरका नेशनल प्याब्सनमा आबद्ध विद्यालयहरूबाट छनोट भई आएका विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुनेछ । जिल्ला स्तरीय र प्रदेशस्तरीय कार्यक्रमहरू सम्पन्न भई त्यहाँबाट छानिंदै यो अन्तिम चरणमा आइपुगेका हुने । उक्त दिन पालिका, जिल्ला, प्रदेश एवं केन्द्र विभिन्न कार्यक्रम हुनुका साघै देशभरका एन प्याब्सनमा आबद्ध विद्यालयमा पनि विभिन्न कार्यक्रम गरि मनाउन केन्द्रले निर्देशन गरि पत्राचार गरेको छ ।


