दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दृष्टि’मा रोनित र तेन्जिन ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष २६ गते, मंगलवार १६:१९

काठमाडौं : युवा गायक रोनित खालिङ राईको स्वरमा समावेश ‘दृष्टि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। पप शैलीको यस गीतलाई गायक राई, पेम्बा र आकाशले मिलेर लेखेका हुन्। गीतलाई पेम्बा र आकाशले संगीत संयोजन गरेका हुन्।

‘यदि केहि गर्न लायक काम छ भने, आफ्नो सम्पूर्ण हृदयले गर्नुहोस्’ भन्ने भनाईलाई आधार मानेर तयार पारिएको भिडियोको कथामा एउटा युवाले अनाथालयलाई सहयोग गर्नको लागि गरेको प्रयास र यात्रालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ। ग्रे म्याटर फिल्म्सको प्रस्तुति रहेको यस भिडियोमा स्वयम गायक रोनित खालिङ राई र तेन्जिन डोल्मा बज्राचार्य फिचर्ड छन्।

विकास रंजितकारको छायाँकन र सम्पादन रहेको यस भिडियोलाई दिवेज शाहको निर्देशनमा तयार पारिएको हो। भिडियो गायक राईको युट्युव च्यानल ‘रोनित खालिङ राई अफिसिएल’ मार्फत सार्वजनिक भएको हो। यसअघि गायक राईको स्वरमा ‘सम्बन्ध’, ‘प्रतिबिम्ब’ लगायत गीतहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

भिडियो लिंक:

—

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु