
नेपाल आमा आफ्नो सिमाना खोजिरहेकी छिन
यो भूमिको रक्षा गर्ने सच्चा नेपाली खोज्दिछिन
लिपुलेक,कालापानी कहाँ छ सोधिरहेकी छिन
नेपाल आमा आफ्नो सिमाना खोजिरहेकी छिन
नेपाल एकीकरणको कथा सबैले पढ्नुपर्छ
वीर पुर्खाहरुको त्याग र संङघर्षको कथा सबैले बुझ्नुपर्छ
श्रमिक, किसानको लागि केही सोच्नुपर्छ
गरिबी हटाउन राज्यबाट पहल गरिनुपर्छ
आफ्नो देशमा रोजगारका कार्यक्रमहरू सिर्जना गर्नुपर्छ
कामको लागि बिदेसिनुको पिडा हामी सबैले बुझ्नुपर्छ
देशमा भ्रष्टाचारीलाई कानुनी कारबाही गर्नुपर्छ
कालापानीको बारेमा सारा देशवासीले बोल्नुपर्छ
सबैमा एकता र मेलमिलापको भावना हुनुपर्छ
देश निर्माणको पवित्र अभियानमा सबैले लाग्नुपर्छ
याद गरौँ हामीले सधैँ यो मनमा नेपालीपन हुनुपर्छ
वीर पुर्खाको त्याग र संङघर्षको कथा सबैले बुझ्नुपर्छ
-गोबिन्द राज ओझा (राजन)
– सिलगढी न.पा.२ दिपायल डोटी


