दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रविणालाई महिला ४० वर्ष एकलमा स्वर्ण रोनिशा सुरम्या महिला एकलको फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष २८ गते, बिहीबार १९:०८

काठमाडौ । चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिता अन्तर्गत महिला ४० वर्ष माथिको एकलमा वडा नम्वर ३ की प्रविणा शाक्यले स्वर्ण पदक जितेकी छिन्।

आज सम्पन्न फाइनलमा प्रविणाले वडा नम्वर २० की मन्दिरा शाक्यलाई ३-० को सोझो सेटमा पराजित गरेकी हुन्।

ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्लब ह:खा द्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिता अन्तर्गत विहिवार भएको महिला एकलको फाइनलमा रोनिशा महर्जन र सुरम्या शाक्यविच प्रतिस्पर्धा हुने भएको छ।

आज सम्पन्न सेमिफाइनलमा वडा नम्वर १२ कीरोनिशाले वडा २० की युनिशा महर्जनलाई ३-० को सोझो सेटमा पराजित गरिन् भने वडा ८ की सुरम्याले १७ वडाकी अर्पिता महर्जनलाई३-१ ले पाखा लगाएकी थिइन्।

त्यस्तै मेन्स डबल्समा वडा नम्वर ७ का एलेक्स महर्जन र डिकेन महर्जनको जोडीले वडा ८ का विपुल महर्जन र ज्ञानेश्वर महर्जनको जोडीलाई ३-२ पराजित गरी फाइनलमा पुगेका छन्। त्यसैगरी अर्को सेमीफाइनलमा वडा १२ का सुनिल महर्जन र आरिश महर्जनको जोडीले वडा ७ का निकेश जोशी र एलेन महर्जनको जोडीलाई ३-०ले पराजित गरे।

फ्लडलाइटको प्रकाशमा रातीमा सञ्चालन हुने रात्रीकालिन टेबल टेनिस ललितपुर जिल्लामा परम्परागत रुपमा हंदै आएको प्रतिष्ठित टेबल टेनिस प्रतियोगिताको रुपमा चिनिन्छ।

१३ वटा इभेन्ट्स समावेश प्रतियोगितामा युवा खेलाडी देखि अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिता आगामी शनिवार सम्पन्न हुनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु