तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा, विदेश जान रोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष २८ गते, बिहीबार २०:०२

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाइ दिएको छ । इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले विहीबारको बहसपछि जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै आदेश उल्टाएको हो । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

बहसमा सन्दिपको तर्फबाट उपस्थित कानुन व्यवसायीहरुले प्रत्यक्ष प्रमाणको अभावमा सन्दीपलाई थुनारमा राख्ने आदेश बेरितको रहेको जिकिर लिएका थिए । जाहरेवालाको बयानको आधारमा मात्र सन्दीपलाई थुनामा राख्न नहुने तर्क गरेका थिए । नाबालिग भन्दै आएकी जाहरेवाला पनि हालै प्राप्त प्रमाणको आधारले बालिग पुष्टि हुने देखिएको बहसमा उल्लेख गरिएको थियो ।

साथै इजलासलाई सन्दीपको मानसिक अवस्था विग्रिँदै गएको व्यवसायीले जानकारी दिएका थिए । सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा र अधिवक्ताहरु सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा र सविता भण्डारीले गरेका थिए । त्यस्तै जाहरेवालाको तर्फबाट तीन जना कानुन व्यवसायी र सरकारको पक्षबाट एक जना सरकारी वकीलेले बहस गरेका हुन् । दुवै पक्षको बहसपछि इजलासले जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै सो आदेश उल्टाएको छ । यस सँगै सन्दीपलाई पुर्पक्षका लागि धरौट लिई तारिखमा छाडेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु