भब्यताको साथ दुधौरा रमाइलो मेला हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ३०, शनिबार ०८:४७

सिमरा : माघ १ गते माघे संघ्रातीको अवसर पारेर बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ दुधौरामा दुधौरा रमाइलो मेला शुरु हुने भएको छ । 

लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको मूख्य आयोजना तथा यूवा समाज डुमरवानाको सह आयोजनामा हुन गइरहेको मेलामा स्थानीयको मनोरञ्जन तथा व्यवसाय प्रवद्र्धनलाई मूख्य प्राथमिकता दिईएको छ । 

स्थानीय उत्पादन तथा स्थानीय परिकारका विभिन्न ५० स्टल रहने मेलामा मनोरञ्जनका लागि विभिन्न खेल तथा बालबालिकाका लागि बाल उद्यान तथा सेल्फी जोन समेत राखिनेछ । साथै मेलालाई थप रमाइलो बनाउन प्रत्येक दिन फरक कलाकारको सांगीतिक कार्यक्रम समेत आयोजक कमिटीले जानकारी दिएको छ । 

जीतपुरसिमरा उपमहानगरपालिका साथै १४ नम्बर वडा कार्यालयको व्यवस्थापकीय सहयोगमा रमाइलो मेला सञ्चालन हुन लागेको आयोजकले जनाएको छ । मेलालाई व्यवस्थित बनाउन पार्किङ, सिसिटीभी क्यामेराबाट निगरानी, तालिम प्राप्त सुरक्षा गार्डहरुको व्यस्थापन गरिएको आयोजकले जनाएको छ ।

मेलामा सांगीतिक प्रस्तुतिका लागि पुराना देखि नयाँ पुस्ताका चर्चित र स्थानीय कलाकारहरुको मेलामा सहभागिता रहने भएको छ । यसवर्ष पशुपति शर्मा, प्रमोद खरेल, प्रकाश सपुत, अस्मिता अधिकारी, रचना रिमाल, ज्योती मगर, मिस्टर डि लगायत ५० भन्दा बढि कलाकार बारा आउने मेला आयोजक लिड इन्टरटेन्मेन्टका अध्यक्ष विमल खड्गीले बताएका छन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु