
गोबिन्द राज ओझा-
एउटा मान्छे मेरो ढुकढुकीमा बसेको छ
मेरो मन मस्तकमा उसको नाम छ
बिर्सँदैन मैले यादहरू खेल्छन् दिल भरि
सहयोग गर्न आएको छौ कि मेरो साथी
उसको मुस्कानले यो मनमा खुसी आउँछ
म एक्लो रहँदा पनि साथ दिन्छ
प्रभातका किरण सँगै मनमा नयाँ सोच आउँछ
तिम्रो मिठो मुस्कान आँखा वरिपरि घुमिरहन्छ
यी नयनमा राखिरहूँ सधैँ उसलाई मैले
रमाई रहोस् जीवन अनेक खुसीहरूले
यो संसारमा उ नै मेरो रोजाइमा परेको छ
एउटा मान्छे मेरो ढुकढुकीमा बसेको छ


