काठमाडौैं । लोक तथा दोहोरी गायक अशिम कुमार कटुवाल तथा प्रदिप परियार र गायिका प्रतिमा आर्यालको सुमधुर स्वरमा “सुन्दर दोलखा” बोलको मौलिक गीत सार्बजनिक भएको छ ।
विगत लामो समयदेखि लोकगीत संगितको क्षेत्रमा क्रियाशिल दोलखाका कलाकार अशिम कुमार कटुवालको प्रस्तुतिको रुपमा सार्वजनिक भएको उक्त गीतमा प्रदिप परियारको शब्द तथा गायक कटुवालको संगित रहेको छ ।
गायक कटुवालले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्किसकेका छन् ।
बिष्णु तामाङको एरेन्जमा तयार भएको “सुन्दर दोलखा” बोलको मौलिक गीतमा कुमार सुनेल, जुना कार्कि, कबिता महत, दिप खतिवडा लगायत कलाकारहरुको अभिनय रहेको छ भने म्युजिक भिडियोलाई निरेन श्रेष्ठले निर्देशक गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।