दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विदेशका नेपालीले भोगेका समस्या समाधान गरि मन जित्छु : प्रधानमन्त्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २ गते, सोमबार २०:५३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच सोमबार विशेष भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको छ । सो अवसरमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरेको काम, नेपाल सरकारको तर्फबाट संबोधन भएका विषयहरु र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानूनी सुधार सम्बन्धमा संघको तर्फबाट धारणा राखेकी थिईन ।
उक्त भेटघाटमा एनआरएनएका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाईबारे जानकारी गराउँदै ती कठिनाईलाई तत्काल सम्बोधन गर्न आग्रह गरेकी थिईन ।

विदेशमा रहेका बहुसंख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, विदेशमा कामका शिलशिलामा अंगभंग भएका नेपालीलाई स्वदेश फिर्ता गर्नुका साथै उनीहरुका परिवारलाई आर्थिक सहायतासहित पुर्नएकीकरण लगायतका विषयमा नेपाल सरकारले पहलकदमी लिनुपर्ने माग अध्यक्ष केसीले संघका तर्फबाट राखेका थिए ।

उक्त भेटघाटमा एनआरएनएका अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न अनुरोध गरेका थिए । ‘एक पटकको नेपाली सधैको नेपाली’ हुने भन्दै अध्यक्ष आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको विषयलाई यथाशक्य छिटो टुंगो लगाउन संघका तर्फबाट आग्रह गरेका थिए । अध्यक्ष आचार्यले दुबै संसदबाट पास भएको नागरिकता बिधेयक यो सरकारले छिटो भन्दा छिटो गर्नेमा बिश्वस्त रहेको बताए ।

उक्त भेटघाटमा एनआरएनएका अध्यक्षहरुको जवाफमा प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका लाखौ नेपालीहरुको मन जित्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले विदेशमा लाखौं नेपालीहरु रहेको र आफुले दोस्रो कार्यकालसम्म एनआरएनएले उठाएका मागहरु सम्बोधनका लागि प्रयास गरेको र अब मेरो तेस्रो इनिंगमा विदेशमा बस्ने बहुसंख्यक नेपालीको माग पुरा गरि मन जित्ने बताए ।

उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा विद्यमान कतिपय कानूनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबको दिनमा पनि कानूनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए ।

संघको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै उनले भने नेपालका कतिपय परम्परागत ऐन कानून छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तेस्लाई हटाउदै गैर आवासीय नेपालीलाई विश्वस्त पार्दै त्यस्ता खालका पर्खाललाई भत्काउनेछु ।

विदेशमा रहेका नेपालीहरुले नेपाल र नेपालीको पहिचान विश्वमाझ पुर्याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै गैरआवासीय नेपालीप्रति प्रधानमन्त्री प्रचण्डले आभार व्यक्त गरे । राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक रुपमा विश्वभर नेपाललाई चिनाउन नेपालीहरु थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति प्रधानमन्त्रीले खुशी व्यक्त गरेका छन ।

भेटका अवसरमा पूर्व अध्यक्ष एबं संरक्षक भवन भट्ट, संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका उपाध्यक्ष आर.के शर्मा, सचिव खगेन्द्र न्यौपाने, महिला सचिव राधिका गुरुङ, सहकोषाध्यक्ष नारायण सुवेदी, युवा संयोजक अब्दुल वासिद, संघका पूर्व सल्लाहकार टि.बि कार्की, मध्यपूर्व क्षेत्रीय उपसंयोजक अमित चाम्लिङ राई, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, आजिवन सदस्य (युएसए) नारायण थापा, सञ्चारकर्मीहरु रामजी बगाले,इन्द्रलक्ष्मी घिमिरे,किरण बुढाथोकी,बिनेश खनाललगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु