दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज नेप्से परिसूचक झन्डै ३३ अंकले वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ३ गते, मंगलवार १६:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक झन्डै ३३ अंकले वृद्धि भएको छ । नेप्से ३२.७२ अंक बढेर दुई हजार १८२.११ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.८१, फ्लोट इन्डेक्स २.१० र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४५ अंकले बढेको छ ।

मंगलबार कारोबारमा आएका दुई सय ५० कम्पनीको एक करोड १८ लाख ८३ हजार कित्ता सेयर तीन अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ । आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । गत बिहीबार करिब साढे ५ अर्बको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये मंगलबार बैंकिङ उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ । जसमा होटेल तथा पर्यटन उपसमूह ५.१२ प्रतिशत, जलविद्युत् उपसमूह ५.०४ प्रतिशत, वित्त उपसमूह साढे ३ प्रतिशत बढेको छ । तर, बैंक उपसमूहको परिसूचक भने ०.३२ प्रतिशत घटेको छ ।

मंगलबार नेप्से परिसूचकमा वृद्धि भएसँगै पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा ग्रिन भेन्चर्स, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर रहेका छन् । आज कारोबार रकमका आधारमा २३ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु