आयो है ल्होछार’ बोलको गीत बजारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ३, मंगलवार १८:०५

काठमाडौँ । गायक एंव संगीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ल्होछार गीत ‘आयो है ल्होछार’ बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङ तामाङको अफिसियल युटुब च्यानलबाट उक्त गीत बजारमा ल्याएका हुन ।

गायक एंव संगीतकार राजकुमार दोङ तामाङको शब्द र संगीतमा तयार भएको उक्त गीतलाई जोगलाल लामाले संगीत संयोजन, अर्पण थिङले मिक्सिङ गरेका हुन । रोनिश लामाले ड्रोन छायांकन गरेको उक्त गीतको म्युजिक भिडियोलाई बिनोद लामाले छायांकन राजेन्द्र मोक्तानले कलर र अजय स्याङ्तानले निर्देशन र कोरियोग्राफी गरेका हुन ।

डोल्मो घिसिङ तामाङले निर्माण गरेको भिडियोमा अजय स्याङ्तान, रोहनी लामा, रस्मिला तामाङ, बुद्धी तामाङको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु